कैलाली । बझाङमा जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको मष्टा गाउँपालिका-४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मस्टातर्फ गइरहेको जिप दुर्घटना हुँदा घटनास्थलमै छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
‘हामी भर्खरै घटनास्थलमा आइपुगेका छौँ,’ बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी जागेश्वर भण्डारीले भने, ‘६ जनाको शव छ । अन्य घाइतेहरूलाई अस्पताल पठाइरहेका छौँ । विस्तृत विवरण अहिले दिन सक्ने अवस्था छैन ।’ डीएसपी भण्डारीका अनुसार अहिले घाइतेहरूको उद्धार गर्ने क्रम जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1