धनगढी : बैतडीमा नेपाली कांग्रेसका नेता रमेश कोलीलाई पार्टीबाट निस्कासन गरिएको छ । भने पाटन नगरपालिकाका सभापती मान बहादुर ऐरलाई स्पष्टिकरण सोधिएको छ ।
क्षेत्र नं (क)मा कांग्रेसबाट बिद्रोह गरेर बागी उम्मेदवारी दिएका हरिमोहन भण्डारीको पक्षमा बोलेको भन्दै कांग्रेस पाटन नगर सभापती ऐर समक्ष स्पष्टिकरण माग गरिएको पत्रमा भनिएको छ । बागी उम्मेदवारको पक्षमा उभिएर पार्टीकाृ अनुसासन, नियम बिधि र बिधान विपरीत भएको भन्दै यहि कात्तिक १६ गते साँझ ५ बजेभित्रै जवाफ माग गरिएको छ । आइतबार जिल्लाको खोडपेमा पार्टीबाट बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका प्रदेश क्षेत्र नं (क)का प्रदेशसभा सदस्यका उम्मेदवार र प्रतिनिधिसभा सदस्यका उम्मेदवार केशव बहादुर चन्दले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर सभापती ऐरले आफ्ना मातहतका कार्यकर्ताहरु सबै स्वतन्त्र उम्मेदवारी दर्ता गरेका भण्डारी र चन्दको पक्षमा रहेको भन्दै आफुपनि खुलेर स्वतन्त्रको पक्षमा उभिएको बताएका थिए ।
यसैगरी कांग्रेस नेता रमेश कोलीलाई पनि पार्टीबाट ५ वर्षका लागि निष्कासन गरिएको छ । बागी उम्मेदवारको पक्षमा उभिएर प्रचार प्रसार गरेको, पार्टीको आधिकारीक उम्मेदवारको बिरुद्धमा हिनेको र पार्टीको बिरुद्धमा सञ्चार माध्यममा अन्तरवार्ता दिएका भनि ५ वर्षको लागि पार्टीबाट निष्कासन गरिएको पत्रमा उल्लेख गरिएको छ । रमेश कोलीले पार्टीले सोधेको स्पष्टिकरणको जवाफ समेत पेश नगरेको पत्रमा भनिएको छ ।
रमेश कोलीले पनि पार्टीबाट बिद्रोह गरेर प्रदेश क्षेत्र नं (क) का स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हरिमोहन भण्डारीकै पक्षमा उभिएर प्रचार प्रशारमा सक्रिय भएका थिए ।