धनबहादुर बिक
कञ्चनपुरको पुनर्वास नगरपालिका ८ मा निर्वाचन क्षेत्र १(क) मा बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।
सोमबार एक कार्यक्रमका विच बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय पुनर्वास मा उद्घाटन गरिएको हो ।
साविक पराशन गाबिस पुनर्वास नगरपालिका ८ बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय स्थापना गरिएको छ ।
बाम गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार बन्धु रानाले संयुक्त निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय उद्घाटन गरेका हुन । सम्पर्क कार्यालय उद्घाटन गर्दै प्रदेशसभा सदस्य उमेदवार बन्धु रानाले संविधानको रक्षा, राजनीतिक स्थायित्व, दिगो विकास र सम्बृद्धिका लागि बाम लोकतान्त्रिक गठबन्धन भएको बताउदै सोही अनुरुप क्षेत्रमा समेत उम्मेदवार चुनावी मैदानमा आएको बताउदै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको जिताउन गाँउ, बस्ती घर घरमा खटिन आब्हान गर्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी पोलिटिब्युरो सदस्य ओम प्रकाश पुन ले प्रतिगामि पक्षलाई परास्त गर्दै लोकतन्त्र को रक्षा का निम्ति गठबन्धनको आवस्यकता भएको कुरा बताए ।
नेपाली काङ्ग्रेस पुनर्वास ८ का सभापति रघुनाथ ओझा को सभापतित्वमा भएको कार्यक्रममा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ क का प्रदेशसभा उमेदवार बन्धु राना प्रमुख अतिथि रहेका थिए ।
नेकपा माओवादी पुनर्वास ८ का संयोजक बिष्णु सुनार को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सञ्चालन नेकपा माओवादी केन्द्र का स्याम परियारले गरेका थिए ।