कंचनपुरका दुई नेताले एमाले परित्याग गरि प्रवेश गरे माओवादी केन्द्रमा , सरलले गरे भब्य स्वागत

धनगढी : कंचनपुरमा नेकपा एमालेका दुई नेताले पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

आज बिहिबार उनले एमाले परित्याग गरि नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका कंचनपुरको बेदकोट नगरपालिका का नगर कमिटी अध्यक्ष लाल बहादुर परियारका अनुसार नेकपा एमालेका नेता सीता डगौरा र बिन्दु रानाले एमाले पाटी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्नु भएको बताएका छन ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा बाम लोकतान्त्रीक गठबन्धन कंचनपुर क्षेत्र नम्बर २( क )बाट प्रदेश सभा सदस्यका उमेदवार ओम विक्रम भाट सरल र पार्टीका जिल्ला संयोजक खेमराज पाण्डेयले खादा लगाई पाटिमा स्वागत गर्नु भएको छ ।

दुवै जनालाई माओवादीमा स्वागत गर्दै सरलले आगामी दिनमा थप जिम्मेवारीका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको ओम बिक्रम भाट सरलको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply