पुनर्वास का बजार क्षेत्रमा सरसफाइ संगै बजार अनुगमन अभियान तिब्र

कञ्चनपुर
जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकाले सरसफाइ अभियानलाई तिब्रता दिएको छ । बढ्दो प्रदुषण लाई न्युनिकरण गर्न एबं नगरलाई स्वच्छ बनाउन नगरपालिकाले सरसफाइ अभियानको थालनि गरेको हो ।
पुनर्वास नगरपालिकाले आयोजना गरेको सरसफाइ अभियानमा शनिवार ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिदेखी पुनर्वासको पुरानो प्रतिभानगर बजार क्षेत्रमा व्यापक सरसफाइ गरिएको छ । यसैबिच नगरपालिका को विभिन्न सरोकार टिमले बजारमा रहेका पसलहरूमा अखाद्य सामाग्री को समेत अनुगमन गरेको छ ।
अनुगमन का क्रममा केही पसल हरूमा म्याद नाघेका किरानाका सामान समेत फेला परेका छन । म्याद नाघेका बिस्कुट , नमकिन , चाउचाउ , लगायत अन्य खाद्यान्न सामानहरू नियन्त्रणमा लिई नष्ट गरिएको छ ।
अखाद्य चेकजाँच अनुगमन निर्देशिका २०६८ अनुसार नगरपालिका उप प्रमुख भुलिया कुमारी रानाको संयोजकत्वमा विभिन्न स्थानीय सरोकारवाला को टिम ले बजार अनुगमन तथा सरसफाइ अभियान सम्पन्न गरेको हो ।
शनिबार बिहान ८:३० बजेदेखि ११ बजेसम्म बजारको सरसफाइ संगै करिब २० किराना पसल , स्वास्थ्य क्लिनिक , होटल व्यवसाय लगायत चेकजाँच गरिएको हो ।
उप प्रमुख रानाका अनुसार नगर लाई स्वच्छ र सुन्दर तथा फोहोरमैला रहित बनाउन अभियान थालिएको हो भने बजार क्षेत्र अन्तर्गत रहेका अन्य बजार क्षेत्रमा सरसफाइ एबं अखाद्य चेकजाँच अनुगमन अभियान निरन्तरता दिंदै जाने बताएकि छिन ।
अभियानमा उप प्रमुख संगै वडा अध्यक्ष , बजार समिति अध्यक्ष , प्रहरी , सशस्त्र प्रहरी , रेडक्रस प्रतिनिधि , स्थानीय युवा क्लब प्रतिनिधि , बजारवासी र पत्रकारको उल्लेख्य सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply