धनगढी : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पस बनाइने बताए । आज बैतडीको पाटनमा लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पुर्चौंडी बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पस बनाइने , सुदूरपश्चिम प्रदेशको गौरवको परियोजना पश्चिम सेती परियोजनाको काम भारतीय कम्पनीसंग सम्झौता गरेर पश्चिम सेती परियोजनाको काम अघि बढेको र यो निर्माण सम्पन्न भएपछि सुदूरपश्चिमको विकासमा टेवा पुग्ने दाबी गरे ।त्यस्तै प्रधानमन्त्री देउवाले
‘बागी’उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । बागी उम्मेदवारी फिर्ता लिएर गठबन्धनका उम्मेदवारलाई जिताउने तर्फ लाग्न उनले आग्रह गरे ।
नेपाली कांग्रेसका नेता केशवबहादुर चन्द र हरिमोहन भण्डारीको नामै लिएर उनले उम्मेदवारी फिर्ता गरेर आधिकारिक उम्मेदवारलाई सघाउन उनले आग्रह गरे । ‘बागी’उम्मेदवारी फिर्ता नलिए कांग्रेसले कारवाही गर्ने बताउँदै सभापति देउवाले पछि कारवाही फुकुवा नहुने उनले बताए । बागी उम्मेदवारहरुलाई इंगित गर्दै उनले राजनीतिमा धैर्य गर्न सिक्नुपर्ने बताए।
उनले भारत संग पहल गरेर झुलाघाटमा मोटरेबल पुल जसरि पनि बनाउने ठोकुवा गरेका हुन् । भारतीय समकक्षी संग कुरा गरेर झुलाघाटमा पुल बनाएरै छोड्ने उनले बैतडी बासीलाई विश्वास दिलाएका हुन् ।