जय मालिका कलेज BSW समुहका विद्यार्थीले गरे आह: मेरो वनभाेज स्थल सरसफाइ अभियान

२६ कार्तिक
कैलाली :- धनगढी उपमहानगरपालिका वडा नं. १ जिल्ला प्रहरी कार्यालय स्थित जय मालिका कलेजमा अध्ययनरत BSW समुहका विद्यार्थीहरुले गाेदावरीकाे वनभाेज स्थलमा सरसफाई अभियान सुरु गरेका छन् । BSW समुह जय मालिका कलेजमा अध्यनरत विद्यार्थीहरुले सरसफाइ अभियान सुरु गरेका हुन् । उनीहरुले शनिबार देखि‘म सुध्रिए मेरो वनभाेज स्थल सफाई हुन्छ’ भन्ने मुल उद्देश्यका साथ ‘आहा! मेरो वनभाेज सरसफाइ अभियान सुरु गरेका छन् । जय मालिका कलेजले
वनभाेज स्थल सरसफाई राख्नकालागि उनीहरुले यो अभियान आफैँ बाट सुरुवात गरेका छन । वनभाेज क्षेत्र लगायत अन्य पिक्नीक स्थानमा समेत सरसफाई हुनुपर्ने उनीहरुको मान्यता छ । कलेजले शनिबारदेखि नै यो अभियान सुरु गर्न सफल भएको विद्यार्थी साेनिया महराले रैकवार खबर दैनिक लाई जानकारी गराइएन । यो अभियान अब निरन्तर चल्नेछ । विद्यार्थीहरुले किताबी ज्ञान मात्रै नभई वनभाेज स्थल लगायत अन्य सरसफाइ पनि आबश्यक पर्ने भएकाले यसतर्फ जागरुक गराएको जय मालिका कलेजका सह संयोजक शिक्षक मीन शाहले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply