प्रधानमन्त्री देउवा धनगढीमा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज साँझ धनगढी पुग्नुभएको छ । गृह जिल्ला डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका प्रधानमन्त्री देउवा धनगढीस्थित निजी निवासमा पुग्नुभएको हो ।

प्रधानमन्त्री देउवाले आज देशका विभिन्न ठाउँका चुनावीसभालाई सम्बोधन गर्नुभएको थियो । उहाँले बुधबार डडेल्धुरा र बैतडी, बिहीबार अछाम र कञ्चनपुर जिल्लामा हुने चुनावीसभामा सहभागी हुने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

यसअघि प्रधानमन्त्री यही कात्तिक १७ गते सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका लोकतान्त्रिक–वाम गठबन्धनका चुनावीसभामा सहभागी भई कात्तिक २४ मा काठमाडौँ फर्किनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply