धनगढी : शान्ति नै विश्व शान्तिको आधार दिगो विकासका लागि लैङ्गिक हिंसा रहित समाज’ भन्ने नाराका साथ मङ्सिर १० गतेबाट देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन सत्र समारोहको
कृष्ण पुरनगर पालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष धर्म सिहको अध्यक्षतामा कार्यक्रम कंचनपुरमा सम्पन्न भएको छ ।हिंसाको वर्तमान अवस्था, त्यस्ता गतिविधि रोक्न गरिएका र गरिने कार्यहरु र त्यसमा विभिन्न पक्षहरुको भुमिकाबारे वडा अध्यक्षले प्रष्ट पार्नु भएको थियो ।
साथै, सोही कार्यक्रममा अधिवक्ता कौशिला ओझाले लैङ्गिक हिंसा सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो ।
हिँसामा परेका महिलालाई नजिकैको प्रहरी, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियानमार्फत आह्वान गरिएको छ ।