१६ मंसिर धनगढी गौरीगंगा साझेदारी वन व्यवस्थापन समुहको दोस्रो वार्षिक साधारण सभा खुल्लासत्र सम्पन्न अध्यक्षले विना कुनै कारण बिना बन्दसत्रमा प्रवेश नगरी स्थगित गरेका छन् । शुक्रबार गौरीगंगा नगरपालिका वडा नं ८ बढैपुरमा आयोजना गरिएको सभामा खुल्ला सत्र उद्घाटन तथा शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अतिथिले मनतव्य राखेपछि अन्त्यमा समुहका अध्यक्ष बल बहादुर महताले मनतव्य राख्ने क्रममा खुल्ला सत्र सँगै बन्दसत्र समेत समापन स्थगित गरि कार्यक्रम स्थलबाट बाहिरिएका थिए । अध्यक्ष महताले साधारण सभाको स्थगित गर्नुपर्ने कुनै कारण नराखि बाहिरिएपछि बन्दसत्र संचालन गर्ने नगर्ने विषयमा उपस्थित वडा प्रतिनिधि, समुह प्रतिनिधि तथा सरोकार पक्षले आजको लागि बन्दसत्र स्थगित राखी वडा कार्यालय, कार्यपालिका तथा सरोकार पक्षसँग छलफल गरि यहि मंसिर २१ गते बुधबारका बन्दसत्र गर्ने निर्णय गरेका छन् ।