साना किसान सहकारी संस्था लिमिटेड रैकवार, विचवाकाे ९औं बार्षिक साधारणसभा सनिवार सम्पन्न

कञ्चनपुर : कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ८ स्थित साना किसान सहकारी संस्था लिमिटेड रैकवार विचवाको ९ औं बार्षिक साधारणसभा कार्यक्रम सम्पन्न भएको छ ।

साना किसान सहकारी संस्थाकाका अध्यक्ष जय सिंह विष्टको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कंचनपुर जिल्ला समन्वय समितीका प्रमुख दुर्गा दत्त बोहराको प्रमुख आथित्यतामा विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ ।

यश साना किसान सहकारी संस्था लिमिटेडमा सेयर सदस्यहरु १हजार ६ सय ६३ रहेका छन भने बचत गर्ने सदस्यहरुको संख्या १ हजार ६ सय ६३ जना रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष जय सिह बिस्टले बताउनु भएको छ ।

सहकारीले २०७८/०७९ असार मसान्त सम्म करिब ११ करोड भन्दा माथी को कारोबार गरेको र तेस मध्ये नाफा ५७ लाख ५२ हजार ५ सय २१ रुपिया नाफा भएको जनाएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख बोहराले सहकारी भनेको समानताको स्वरुप भएको बताउनुभएको छ । महिलालाई सक्षम र आत्मनिर्भर बनाउन सहकारी अभियानको महत्वपूर्ण भुमिका रहेको उहाँको भनाई रहेको थियो । यस्तै कार्यक्रममा बोल्दै साना किसान लघु बित्तीय संस्थाका प्रबन्धक पदम राज रेग्मीले कृषि उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्नुपर्ने चुनौतीका विच मल, विउ ,विषादी र सिंचाई लगायतका यावत समस्या समाधानमा मन्त्रालयले गम्भिर भएर लाग्नु पर्ने रहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा कृष्णपुर नगरपालिकाका वडा नम्बर ८ का अध्यक्ष दिनेश खड्का , वडा नम्बर ९ का अध्यक्ष कैलाश बलायर, जानकी सामुदायिक वनका अध्यक्ष चन्द प्रकाश भट्ट,वडा सदस्य फुलराम चौधरी, सदस्य अम्बिका चौधरी कंचन सहकारी संस्था समुहका अध्यक्ष किसन सिंह खड्का कंचन एकेडेमी का संचालक शंकर शाही, बुद्धिजीवी, समाजसेवी, पत्रकार, शिक्षक यस् संस्थाका प्रबन्धक हिरा बाेहराले प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने उपाध्यक्ष इश्वरी भाट, लगायतले कार्यक्रममा सम्बोधन गर्नु भएको थियो । यस्तै साधारण सभा कार्यक्रममा मनिसा रानाले स्वागत मन्तव्य राख्नु भएको थियो भने साना किसान कृषि सहकारी संस्थाका साहय प्रबन्धक बिक्रम खड्काले कार्यक्रम संचालन गर्नु भएको हो ।
यस्तै कार्यक्रममा बचत कर्ता महिलालाई विभिन्न काम गर्दै आएका महिला हरुलाई सम्मान गर्नुका साथै गत बर्षको एस इ इ मा राम्रो अंक लिएर पास भएका यश साना किसान कृषि सहकारी संस्था लिमिटेडका सेयर सदस्य र बचत कर्ताका छोरा छोरी लाई खादा नगद प्रमाण पत्रसहित सम्मान गर्नु भएको संस्थाका अध्यक्ष जय सिह भाटले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply