माया हत्या आरोपित सामाजिक सञ्जालमा सक्रिय, ‘अनुसन्धान हुदैछ’ : प्रहरी

मंसिर १८, २०७९
धनगढी -बैतडीको पञ्चेश्वर गाउँपालिका ४ की माया लुहारको हत्या आरेपीत शिवनाथ ४ का सशस्त्र प्रहरी जवान समेत रहेका भरतराम कोली लगातारजसो समाजिक सञ्जालमा सक्रिय रहेका छन् । उनले टिकटकबाट लगातारजसो आफ्नो धारणा अपडेट गरीरहेका छन् । घटना घटेको तेश्रोदिन आफुले हत्या नगरेको दाबी गर्दै आएका आरोपीत भरतले शनिबार साँझ टिकटकमै धम्कीपूर्ण कुरा लेखेका थिए । आफु डिएसपीको मान्छे हु भन्दै अर्की एक फुच्चीलाई पनि मार्ने धम्की दिएका थिए । यतिमात्रै नभई ‘मान्छेलाई मारेपछि केहिदिन त लुक्नै प¥यो, म बैतडीमै रहेको छु, मलाई कसैले समात्न सक्दैन’ जस्तो अभिव्याक्ती टिकटकमा पोष्ट गरीरहेका थिए । आइतबार बिहान फेरी टिकटकमै एउटा पोष्ट गर्दै मलाई फसाउन खोजिएको बताइरहेका छन् ।
यसरी लगातारजासो समाजिक सञ्जालमा हत्या आरेपीत सक्रिय रहदारहदापनि प्रहरीले भने उनलाई नियन्त्रणमा लिन सकेको छैन । घटना घटेको ५ दिनसम्म पनि प्रहरीले आरोपीतलाई अझै नियन्त्रणमा लिन सकेको छैन । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहीले छिट्टै आरोपीत नियन्त्रणमा आउने दाबी गर्नुभयो । ‘आरोपीत भरत समाजिक सञ्जालमा सक्रिय रहेको जानकारी छ, हामि छिट्टै नियन्त्रणमा लिन्छौँ,’ उनले भने ।
प्रदेश प्रहरी कार्यालयबाट पनि छुट्टै प्रहरी टोली अनुसन्धानका लागि बैतडी आएको पनि प्रहरी नायव उपरिक्षक शाहीले बताए । कन्ट्याक ट्रेसीङको काम भइरहेको र छिट्टै नियन्त्रणमा ल्याइने शाहीले बताए ।
पञ्चेश्वर गाउँपालिका ४ की माया लुहारको यहि मंसिर १३ मंगलबार हत्या गरिएको थियो । शिवनाथ गाउँपालिका ६ को शिवनाथ मन्दिर नजिकै जंगलमा आधा घाटि रेटेको अवस्थामा बुधबार उनको शव फेला परेको थियो । सोही ठाउँकी १५ वर्षीया छोरी नेहा लुहारको घाटीमा धारिलो हतियार प्रयोग गरी गम्भिर घाइते बनाएको अवस्थामा शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको सिमानामा पर्ने लामाडाँगा भन्ने स्थानमा फेला परेकी थिइन् । उनको उपचार भइरहेको छ । माया र नेहा नातामा फपू भदै हुन् ।
पिडितका आफन्तले शसस्त्र प्रहरी समेत रहेका भरतराम कोलीको नाममा मंसिर १५ गते बिहिबार किटानी जाहेरी दिएका थिए । १३ गते मंगलबार घरबाट माया र नेहा लुगा सिउनभनी घरनजिकैको कुलाउ बजार गएका थिए । भरतले माया र नेहालाई बोलाए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply