मायाका हत्या आरोपी सशस्त्र प्रहरी जवान पक्राउ

धनगढी : बैतडीको पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी २१ बर्षीया माया लुहारको हत्या आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली पक्राउ परेका छन् । उनलाई महेन्द्रनगरबाट पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डिआइजी मोहनकुमार आचार्यले जानकारी दिनु भएको छ ।

आरोपित कोलीलाई महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा पक्राउ गरिएको र थप अनुसन्धानका लागि बैतडी ल्याउन लागिएको प्रहरीले जनाएको छ । २२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए ।

मायाको हत्या गरेको भन्दै परिवारले भरतको नाममा किटानी जाहेरी दिएको थियो । घटना भएकै दिनदेखि प्रहरीले भरतको खोजी गरिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply