धनबहादुर बिक कञ्चनपुरको पुनर्वास सामुदायिक बिद्यालय सञ्चालन गर्न नेपाल सरकार को शिक्षा नियमा अनुसार एकजना शिक्षक बराबर ४० विद्यार्थी हुनुपर्ने प्राबधान रहेपनि कञ्चनपुर को पुनर्वास नगरपालिका स्थित एक बिद्यालयमा ३ शिक्षक र ६ जना मात्र विद्यार्थी रहेको पाईएको छ ।
जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका ४ जनकबस्ति स्थित बाल विकास सहित कक्षा पाँच सम्म रहेको श्री महाकाली आधारभुत बिद्यालयमा ३ जना शिक्षक र ६ जना मात्र विद्यार्थी अध्यनरत छन ।
बिद्यालयको भर्ना हाजिरी मा १७ जना उल्लेख रहेपनि बिद्यालयमा एक छात्र र पाँच छात्राले अध्ययन गर्दै आएका हुन ।
बाल विकासमा २ कक्षा १ मा १ कक्षा २ मा १ जना कक्षा ३ मा २ जना कक्षा ४ मा एकजना पनि नरहेको र कक्षा पाँच मा १ जना मात्र विद्यार्थीहरू अध्ययनरत छन ।
३ वटा भवनमा ८ कोठा छन तर विद्यार्थी ६ जना मात्रै रहेको सुन्दा अचम्म लाग्न सक्छ तर यो कुरा सत्य हो । यस बिषयमा पुनर्वास नगरपालिकाका बिधालय निरिक्षक शिवराज भट्ट संग सम्पर्क गर्दा विद्यार्थी सङ्ख्या न्यून रहेको कुरा जानकारी रहे पनि हाल ६ जना मात्रै रहेको बिषय आफुलाई थाहा नभएको बताएका छन ।
बिद्यालय हाजिरीमा बढी विद्यार्थी सङ्ख्या देखायर स्थानीय सरकार बाट प्राप्त हुने अनुदान रकमको दुरुपयोग भएको हसनसक्ने स्थानीयले गुनासो गरेका छन । न्यून विद्यार्थी रहेकोले नजिकैको अन्य सामुदायिक बिद्यालयसंग मर्ज गर्ने योजना रहेको निरिक्षक भट्टले बताएका छन ।
महाकाली आधारभुतलाई अन्य बिद्यालय संग मर्ज गर्ने विगत एक दशक देखि चर्चामा रहेपनि हालसम्म कार्यनयन हुन नसकेको बिद्यालयका अध्यक्ष पुर्ण बहादुर गुरूङले बताएका छन । नजिकै रहेका सामुदायिक बिद्यालय र निजि बिद्यालयका कारण विद्यार्थी सङ्ख्या घटेको बिद्यालय व्यवस्थापन समिति सदस्य यम प्रसाद पौडेलले बताएका छन ।
बिद्यालय परिसर सहित ६ बिगाह रहेको बिद्यालयले भोगचलन गरेको बिद्यालय को ३ बिगाहा जमिन बिद्यालय व्यवस्थापन समिति अध्यक्ष पुर्ण बहादुर गुरूङले बार्षिक २० हजार ठेक्कामा खेति लगाउदै आएका छन । बिद्यालयको स्वामित्व मा रहेको अर्को दुई बिगाह जमिन नजिकै रहेको ईटा उधोग लाई बार्षिक ४० हजार मा दिईएको प्रधानाध्यापक सुवेदीले बताएका छन ।
बिद्यालयको भौतिक पुर्वाधारले अभाव नरहेपनि बिद्यालयमा खानेपानी र शौचालय जिर्ण रहेकोले सास्ती ब्योहोर्नु परेको प्रधानाध्यापक खडानन्द सुवेदीले बताएका छ्न । विगत ८/१० बर्षदेखि स्थानीय सरकारले एक रूपैया लगानी पनि नगरेको व्यवस्थापन समितिका सदस्य पौडेलले गुनासो गरेका छन । नगरस्थरिय शिक्षा समिति एबंम स्थानीय सरकारको पक्षबाट समेत अनुगमन नगरिएको बिद्यालयले जनाएको छ ।
अरु केही बिद्यालायमा पनि यस्तै अवस्था छ।त्यो पनि उजागर गर्नु पर्यो है।कतिपय बिद्यालयमा विद्यार्थी अनुपातमा दरबन्दी छैन्।कहिँ शिक्षक जनशक्ति खेर गएको अवस्था छ।यस सवालमा जनप्रतिनिधिहरुको ध्यान जान्न।शिक्षक संघ,संगठनबाट धेरै पटक यो कुरो उठेको छ।पूर्व नगर प्रमुख ज्युले पनि टेरपुच्छर लाएनन्।वर्तमान नगर प्रमुखबाट झन केही उपती होला जस्तो लक्षण देखिदैन्।टाउको दुखाइ नगरौ भन्नेमा हुनुहुन्छ।टाउको दु:ख्ने भए…….!