मंसिर १९ गते नवौं विश्व माटो दिवस कैलारी गाउँपालिकामा सम्पन्न

धनगढी : स्वस्थ माटोको साथ खाद्य उत्पादनको सुरुवात भन्ने मुल नाराकासाथ नवौं विश्व माटो दिवस कैलारी गाउँपालिका १ हसुलिया , कैलालीमा सोमबार विश्व माटो दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र धनगढी र माटो परिक्षण प्रयोग साला सुन्दपुर महेन्द्रनगरको सहकार्यमा संचालन भएको उक्त कार्यक्रममा माटोको संरक्षण उद्देश्यसहित कार्यक्रमलाई अघि बढाइएको थियो । सन् २०१० देखि डिसेम्बर ४ तारिखमा विश्व माटो दिवस मनाउँदै आएको छ ।
कार्यक्रमका प्रमुख अतिथि भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयका सचीव डाक्टर मदन शिह धामी तथा उप- सचिब टीका राम थापाले कार्यक्रमको उद्घाटन र सम्पुर्ण सहभागीलाई स्वागत गरेका थिए । उनले माटोको महत्वलाई उजागर गर्दै माटो सम्वर्दनमा सबैको ध्यान जान उनले जोड दिएका थिए ।

कार्यक्रमको टेक्निकल सेसन अन्र्तगत माटो परिक्षण केन्द्रका निमित्त प्रमुख दल बहादुर खड्काले माटो र माटोमा रहेका विभिन्न जैविक जीवको सरंक्षण पनि आवश्यक रहेको बताए । पृथ्वीमा जति मानिसको संख्या रहेको छ, त्यो भन्दा बढी सुक्ष्म जीव एक मुठी माटोमा हुने पनि उनी बताउँछन् । जसको कारणले नै माटाकेो उर्वरशक्तिमा टेवा मिल्ने गर्छ । त्यस्तो जस्व जोगिनुको अथै ने माटो जोगिुन रहेको पनि उनले बताएका छन

अम्लिय माटो सुधारका उपायहरु :
हावापानी सुहाउँदो र सोही पि. एच. मा उपयुक्त हुने वाली लगाउनु राम्रो उपाय हो ।
बाली चक्रको राम्रो तालमेल मिलाएर धेरै चुन सोस्ने वा क्याल्सियम र म्याग्नेसियम बढी आवश्यक पर्ने जस्तै कोशेबालीहरु मात्र नलगाएर अन्य बालीहरु पनि लगाउने ।
मलखाद्यको सन्तुलित प्रयोग गर्ने । गुणस्तरीय प्राङ्गारिक मलखाद्यमा जोड दिने । के कृषि चुनको प्रयोग गरी माटोको
सुधार गर्ने।
कृषि चुन प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु :
बाली लगाउनु भन्दा २, ३ हप्ता पहिल्यै माटोमा चिस्यानको मात्रा मध्यस्त हुँदा नै मिलाउनुपर्छ ।
पि.एच. ५ भन्दा कम भएको माटोमा कृषि चुन एकैचोटी धेरै प्रयोग नगरी २ पटक प्रयोग गर्नु पर्दछ ।
कृषि चुनको प्रयोग माटो परिक्षण पछि मात्र गर्नु पर्दछ ।
माटोमा कृषि चुन प्रयोग गर्दा हुने फाईदाहरु
शुक्ष्म ‘जैविक क्रियाकलाप बढ्छ ।
वायूमण्डलीय नाइट्रोजन स्थिरीकरण बढ्दछ ।
आल्मुनियम, म्याग्नीज फलाम आदीको विषक्तपना घट्नुको साथै फस्फोरसको उपलब्धता पनि, विरुवालाई आवश्यक खाद्यतत्व क्याल्सीयम र म्याग्नेसियम माटोमा थपिन्छ ।
चिम्टाइलो माटोमा चुन प्रयोग गर्दा खनजोत गर्न सजिलो हुन्छ
क्षारिय माटो र यसको उपचार
माटोमा भएका अघुलनशील लवण जस्तै सोडियम, क्याल्सीयम, म्याग्नेसियमका क्लोराईड तथा : सल्फेटहरुको मात्रा बढ्दै जानु नै माटो क्षारिय हुनु हो। यदी माटोमा Exchangable सोडियमको मात्रा धेरै जम्मा हुन्छ भने त्यसलाई क्षारिय माटो भनिन्छ ।
माटोमा पि. एच. मान ८.५ भन्दा कम छ भने त्यसलाई Saline Soil भनिन्छ र ८.५ भन्दा बढी छ भने
त्यसलाई Alkaline Soil भनिन्छ ।
Exchangable सोडियम प्रतिशत १५ भन्दा बढी हुन्छ ।
बढ्दछ,कम पानी पर्ने ठाउँमा माटोको तहभन्दा तलबाट लवणहरु सतहमा आएर थिग्रेर माटो क्षारिय अथवा नुनिलो हुन जान्छ । यदि माटो क्षारिय भएमा यसलाई राम्रो बनाउन यसमा जिप्सम (CaSO4 2H2O) प्रयोग गर्नु पर्छ । प्रशस्त मात्रामा प्राङ्गारिक मल, हरियो मल र कोशेबाली प्रयोग गरेर पनि यसको सुधार गरिन्छ,खेतमा पानी जम्मा गरेर सोडियम साल्टलाई Leaching गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply