धनबहादुर बिक
कञ्चनपुर :- मंसिर ४ गते सम्पन्न निर्वाचन बाट निर्वाचित कञ्चनपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य द्वय दिवान सिंह बिष्ट र बिरबहादुर थापालाई एक कार्यक्रम बिच सम्मान गरिएको छ ।
जिल्ला को दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका ले नवनिर्वाचित सांसदहरूलाई कार्यक्रम को आयोजना गरि बधाई तथा शुभकामना सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा प्रतिनिधिसभा सदस्य तारालामा तामाङले निर्वाचन का बेला पार्टी फरक भए पनि विकासका लागि कसैले पनि राजनिती गर्न नहुने बताए । ईच्छा शक्ति भएमा विकास गर्नलाई कसैले रोक्न सक्दैन सांसद लामाले भने । आफू प्रदेश सांसद र केही समय आार्थिक मन्त्रालय मा रहदा पुनर्वास मा अधिकतम विकासका पुर्वाधार हरू पार्न सकेको भनाइ राख्दै प्रतिनिधि सभा सदस्य भईसकेपछि आफ्नो निर्वाचन क्षेत्रमा जनता ले अपेक्षा गरेअनुसारको योजना हरू ल्याउने प्रतिबद्धता व्यक्त गरे । सुकुम्बासी लाई जग्गाको स्वामित्वको बिषय , किसानलाई न्युनतम शुल्कमा बिधुतिय सेवा , रसायनिक मलखाद , दोंदा तटबन्ध को समस्या , सिमा नाका लाई व्यवस्थित गर्ने बिषय , शैक्षिक गुणस्तर को बिषय , अधुरा विकासका योजना हरू लगायतमा आफुले बिशेष पहल गर्ने प्रतिनिधि सभा सदस्य लामाले प्रतिबद्धता जनाए ।
सम्मान कार्यक्रममा बोल्दै कञ्चनपुर क्षेत्र नम्बर १ क का नवनिर्वाचित प्रदेशसभा सदस्य वीर बहादुर थापाले जनताहरूले दिएको अमुल्य मतलाई खेर जान नदिने बताए ।
प्रदेश सभा सदस्य थापाले पुनर्वास नगरपालिकाका जनताकाे अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता जनाउनु भयाे । आफु अब कुनै पार्टीकाे मात्र प्रतिनिधि नभई आम जनताकाे साझा प्रतिनिधि रहेकाले कसैलाई भेदभाव नगरी समग्र विकासमा जुट्ने बताउनु भयाे ।
नवनिर्वाचित प्रतिनिधि सभा सदस्य तारालामा तामाङ्ग, प्रदेश सदस्य दिवान सिँह विष्ट र बिर बहादुर थापालाई बधाई तथा सम्मान गरिएको थियो । पुनर्वास नगरपालिकाका नगरप्रमुख ताेय प्रसाद शर्मा, उपप्रमुख भुलिया कुमारी राना र प्रमुख प्रशासकीय अधिकृत गणेश सिँह ऐरले सँयुक्त रुपमा माला र खादा ओढाइ बधाई तथा सम्मान गरेका थिए ।
कार्यक्रममा बाेल्दै अर्का प्रदेश सभा सदस्य दिवान सिँह बिष्टले पार्टी फरक भए पनि मिलेर बिकास गर्नु पर्ने बताउनु भयाे । पुनर्वास नगरपालिकाका जनताकाे आफु साझा प्रतिनिधि रहेकाले जस्ताे सुकै अबस्थामा पनि सहयाेग गर्न पछाडि नहट्ने बताउनु भयाे ।
यस क्षेत्रका लागि बिभिन्न मन्त्रालय मार्फत बजेट छुट्याउन लगाउने र संघिय मन्त्रालय मार्फत काम नगर्ने ठेकेदारलाई कार्बाही को दायरामा ल्याई अधुरा विकासका योजना लाई पूरा गर्न लगाउने सांसद बिष्टले बताउनुभयो । सिमा नाका ब्यवस्थित बनाउन सिमानामा पिल्लर राख्ने काम गर्न पहल गर्ने अब्यवस्थित बसाेबासी र सुकुम्बासी लाई छिटाे भन्दा छिटाे लालपुर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भयाे । सांसद बिष्टले किसानहरूको समस्या लाई मध्उनजर गरि काेल्ड स्टाेर निर्माण द्रुतगतिमा काम गर्ने समेत बताउनु भयाे ।
बधाई तथा सम्मान कार्यक्रममा सभापति समेत रहनुभएका पुनर्वास नगरपालिका प्रमुख तोया प्रसाद शर्माले तिनवटै तह का सरकार संग समन्वय गरि पुनर्वास लाई नमुना नगरपालिका बनाउने कार्यमा आफू लागिपर्ने बताउनुभयो , सानातिना योजना हरू स्थानीय तहबाट पहल गर्ने र ठुला योजना हरू सुकुम्बासीले समस्या , नदि कटान रोकथाम , सिमा नाका समस्या लगायत समस्या सुल्झाउन प्रदेशसभा र प्रतिनिधिसभा संग समन्वय गरि पुनर्वास लाई नमुना नगरपालिका मा परिणत गर्न आफू सक्रिय रहने नगर प्रमुख शर्माले बताउनुभयो ।
पुनर्वास नगरपालिका उप प्रमुख भुलिया कुमारी रानाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सञ्चालन नगरपालिका कर्मचारी ओमनाथ ढकालले गरेका थिए ।