धनबहादुर बिक
कञ्चनपुर:- मोहना लालझाडी क्षेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड पुनर्वास १० भिमबस्तिको १७ ओो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभा बाट प्रेमलता देवी गौतम को अध्यक्षतामा ९ सदस्यीय नया सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
नव गठित समितिको उपाध्यक्षमा दुर्गा कुंवर , कोषाध्यक्षमा रामदुलारी राना सचिव भरत बहादुर चन्द र सदस्य हरूमा भिम कुमारी मगर , राम कुमारी राना , रामेस्वरी राना , तिल बहादुर बिक , सुकमान सुनार रहेका छन ।
साधारणसभाले रामचन्द्र भट्टराई को संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरेको छ । लेखा समितिको सदस्य मा रामबहादुर थापा , शान्तिदेवी सुनार रहेका छन ।
साधारणसभा मा लेखा संयोजक रामचन्द्र भट्टराईले आर्थिक बर्ष ७८/७९ को कुल ६ करोड ८२ लाख ५९ हजार ६१४ रूपैया बराबरको आयव्यय प्रस्तुत गरेका थिए ।
संस्थाको बार्षिक प्रतिवेदन अध्यक्ष प्रेमलता गौतमले प्रस्तुत गर्नुभएको थियो । २०६३ चैत १४ गते स्थापना भएको सहकारी मा हाल ३९ वटा समूह र २७४३ जना सेयर सदस्य रहेकोमा १७६६ महिला सेयर सदस्य तथा ९७७ पुरूष सदस्य रहेको अध्यक्ष गौतमले बार्षिक प्रतिवेदनमा उल्लेख गर्नुभएको थियो ।
सहकारी लाई राज्यले अर्थतन्त्रको एक खम्बाको रुपमा अंगिकार गरेको हुदाँ आज देशमा सहकारीको ठूलो महत्व रहेकोछ मोहना लालझाडी क्षेत्र बचत तथा ऋण सहकारी संस्था शुरु गर्दाको समयमा हाम्रो यस क्षेत्रमा वित्तीय कारोवार गर्न बैंकहरु नभएकाले यस साविक बाईसी चिचवामा न्यून आय भएका परिवारका सदस्यहरुले सानो सानो बचतबाट आफ्नो आर्थिकस्तरमा उन्नति गर्नुका साथै सहकारी तथा आवश्यक आर्थिक साक्षरता “को अभ्यास र विकास गर्न मोहना लालझाडी बचत तथा ऋण सहकारी संस्थालाई संस्थागत गर्दै आएको अध्यक्ष को प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
सो अवसरमा नेप्स्कुन सञ्चालक समिति सदस्य माधव प्रसाद जोशीले मोहना सहकारी ले गर्दै आएको प्रगतिको सकारात्मक चर्चा गर्दै सहकारी लाई आवस्यक पर्ने सहयोग प्रदान गर्न आफुले पहल गर्ने बताउनुभयो । सहकारी सिद्धान्त का बिषयमा सेयर सदस्य एबं सहकारीकर्मि लाई शिक्षा दिनुपर्ने कुरामा प्रमुख अतिथि समेत रहनुभएका जोशीले जोड दिनुभयो
कार्यक्रममा बिशिस्ट अतिथि पुनर्वास नगरपालिका नगर उप प्रमुख भुलिया कुमारी रानाले सहकारी संग सम्बन्धित जे जस्तो समस्या रहे पनि स्थानीय सरकार लाई जानकारी दिन आग्रह गर्दै स्थानीय सरकार प्रमुख र स्वयं आफुलाई घचघच्याउनुहुन सुझाव दिनुभएको थियो । सहकारी ले सर्वसाधारण जनतालाई आर्थिकसामाजिक रूपमा सहज बनाउने कार्य गरेको मा सहकारी लाई धन्यवाद दिंदै सहकारी विकास का लागि हामी सदैब सहयोग गर्न तयार छौ उप प्रमुख रानाले आफ्नो भनाइ राख्नुभएको थियो ।
संस्था का उपाध्यक्ष दुर्गा कुंवरले स्वागत मन्तव्य दिनुभएको थियोे भने कार्यक्रम को सञ्चालन व्यवस्थापक रमेशकुमार रानाले गरेका थिए ।