रेडिकल एकेडेमी अफ साईन्स एण्ड टेक्नोलोजीको सातौँ बार्षिकोत्सव शनिबार एक कार्यकम बिच सम्पन्न

धनगढी :- रेडिकल एकेडेमी अफ साईन्स एण्ड टेक्नोलोजीको सातौँ बार्षिकोत्सव आज एक कार्यकम बिच सम्पन्न भएको छ ।
कैलाली उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा ऐश्वर्य बहुमुखी क्याम्पसका क्यामपस प्रमुख धर्मदेव भट्टको प्रमुख आतिथी रहनुभएको थियो भने कार्यक्रममका सभापती रेडिकल एकेडेमीका प्रबन्ध निर्देशक प्रकाश छेडाल रहनुभएको थियो ।

कार्यक्रमकमा फेसन डजाईन प्रशिक्षरत विद्यार्थीहरुको आफुले डिजाईन गरेका पहिरनहरु प्रस्तुत गर्न फेसन सो को आयोजना गरिएको थियो । यसका साथै विद्यार्थीहरुले गायन, नृत्य लगायतका प्रस्तुतीहरु पनि पस्केका थिए । रेडिकल एकेकडेमीले यस बर्ष “रेडिकल शिक्षा सम्मान”बाट प्राध्यापक तथा सुप गणित समाजका अध्यक्ष रघुविर भट्टलाई सम्मान गरेको छ ।

कार्यक्रमकमा सुप गणित समाजका अध्यक्ष रघुविर भट्ट, प्राध्यापक बद्रि पौडेल, नेपाल शिक्षक महासंघ कैलालीका सचिव मनराज यादव लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply