नेपाल उत्पिडित जातीय मुक्ति समाजको ३५औं स्थापना दिवसको अवसरमा द्विप प्रज्वलन

धनबहादुर बिक
पुनर्वास नेपाल उत्पिडित जातीय मुक्ति समाजको ३५औं स्थापना
दिवस का अवसरमा पुनर्वास नगरपालिका को प्रतिभानगरमा सन्ध्याकालिन द्विप प्रज्वलन कार्यक्रम गरिएको छ ।

नेकपा एमाले निकट भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज” को ३५ औं स्थापना दिवस का अवसरमा देशैभरी मनाउने क्रममा कंचनपुरमा समेत दिप प्रज्वलन गरि मनाइएको मुक्ति समाज कञ्चनपुर अध्यक्ष भारमल सुनारले बताएका छन ।
संगठन का अध्यक्ष भारमल सुनारको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य माननीय विर बहादुर थापा प्रमुख आतिथ्य तथा पार्टी जिल्ला कमिटी उप- सचिव फैरु तामाङ को बिशेष उपस्थितिमा वडा अध्यक्ष कमरेड मित्र सिंह लामा लगायत संगठनका प्रदेश तथा जिल्लाका नेताकार्यकर्ताहरुको सहभागितामा रहेको थियो !
३५ आौ स्थापना दिवसको अवसरमा बोल्दै प्रदेश कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य वीर बहादुर थापाले मुक्ति समाजले नेपाल को जातीय विभेद अन्त्य गर्ने सन्दर्भमा धेरै नै संघर्षका कार्यक्रम हरू सञ्चालन गर्दै आएको छ । समाजमा गढेर रहेको जातीय भेदभाव लाई जरैदेखि अन्त्य गर्न तर्फ मुक्ति समाजले विभिन्न चरणमा राज्य लाई दबाबमूलक कार्यक्रम हरू समेत गर्दै आएको थापाले बताए । सबै नागरिकको एकै हो भन्दै यसको अन्त्य गर्न हामी सबैको दायित्व हो थापाले जोड दिए । स्थापना दिवस कार्यक्रम सफलताको शुभकामना दिंदै आजैदेखि देसमा जातीय विभेद अन्त्य गरि समतामूलक समाज निर्माण गर्ने अभियानमा सबैले लाग्नुपर्ने बिषयमा थापाले जोड दिए

सो अवसरमा समाजका अध्यक्ष भारमल सुनारले मुक्ति समाजको ३५ आौ स्थापना दिवस देसैभरी मनाईरहदा कञ्चनपुर जिल्ला मा पनि विभिन्न स्थानमा दिवसको आयोजना गरिएको कुरा जानकारी दिंदै संगठनले उत्पिडनमा परेका वर्गका पक्षमा बुलन्द आवाज उठाउदै आएको छ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply