आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण भएपनि सेवा सुचारु नगरिएको स्थानीय को गुनासो

कञ्चनपुर :- बेलौरी नगरपालिका–१० स्थित आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण भएपनि सेवा सुरु नगरिदा स्थानीय आधारभुत स्वास्थ्य सेवाबाट बञ्चित भएका छन्।
०७६ बाट स्वास्थ्य केन्द्र भवन निर्माणको काम सुरु गरिएको थियो। भवन बनेको १ वर्षभन्दा बढी हँुदा पनि स्वास्थ्य सेवा सञ्चालन नहुँदा स्थानीय मर्कामा परेका हुन्।
भवनको घेरबार र केही मर्मतको कार्य भने बाँकी छ। यहीँ आर्थिक वर्षभित्र स्वास्थ्य सेवा सुचारु गरिसक्ने बेलौरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मान बहादुर चन्दले बताए।
बेलौरी नगरपालिकामा २ स्वास्थ्य चौकी, १ प्राथमिक स्वास्थ चौकी र ७ वटा आधारभुत स्वास्थ्य केन्द्र निर्माण भइरहेको स्वास्थ्य शाखा प्रमुख चन्दले जानकारी दिए।

‘बेलौरी नगरपालिका वडा नम्बर १० मा आधारभुत स्वास्थ्य केन्द्र भवन बनिसकेको छ, वडा नम्बर ५ र ६ मा निर्माणाधीन अवस्थामा छन्,’ उनले भने।
बेलौरी नगरपालिका १, ३, ७ र ९ नम्बर वडामा आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण भएर स्वास्थ्य सेवा प्रदान गर्न थालिएको छ।
वडा नं. ५, ६ र १० मा भवन निर्माणाधीन अवस्थामा छन्। यसै आर्थिक वर्षभित्र स्वास्थ्य सेवा दिन सुरु गर्ने चन्दले बताए।
बेलौरी नगरपालिका २ र ८ नम्बर वडामा स्वास्थ्य चौकी र वडा नम्बर ४ मा प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवन निर्माणको कार्य सुरु गरिदै छ। अहिले पुरानै भवनबाट सेवा दिइरहेको चन्दले बताए।
बेलौरी नगरपालिकाका सबै वडाका स्वास्थ्य केन्द्रमा एचए, अनमी र स्टाफ नर्सले स्वास्थ्य सेवा दिने छन्।
आधारभुत स्वास्थ्य केन्द्रबाट बिरामी, गर्भवति जाँच, परिवार नियोजनका साधन वितरण, खोप सेवा, सरुवा रोग सम्बन्धि परामर्श सेवा प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख चन्दले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply