जुनियर रेडक्रस सर्कलको २ दिवसीय गोष्ठी समापन

धनगढी :धन बहादुर बिक
नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखा को आयोजनामा सञ्चालित २ दिवसीय जुनियर रेडक्रस सर्कलको गोष्ठी पुनर्वासमा सम्पन्न भएको छ ।
गोष्ठीमा सहभागी ४५ जनालाई प्रमाणपत्र प्रदान गरिएको छ ।
निजि तथा सामुदायिक गरि १९ वटा बिद्यालय का शिक्षकशिक्षिका तथा बिध्यार्थि को सहभागीता रहेको गोष्ठीमा स्थानीय स्तरमा आईपर्ने विभिन्न विपत महामरी एबं संक्रामक रोगहरू बाटपिडित समुदायलाई बचावट तथा पुर्बरानात्मक र उपचारात्मक कार्यमा जुनियर तथा युवाहरूलाई परिचालन गर्ने रेडक्रस का ७ सिद्धान्त हरू लाई अनुसरण गर्दै जुनियर रेडक्रस सदस्य हरूमा मानवीय भावनाको विकास गराउन प्रेरित गर्ने । स्थानीय स्तरमा प्राथमिक उपचार सम्बन्धि ज्ञान सीप र कलाको जुनियर र युवाहरूमा विकास गरि स्थानीय स्तरमा प्राथमिक सेवाको पहुँच बढाउदै रेडक्रस संग सम्बन्धित गतिविधि हरूमा स्थानीय युवाहरू सक्रिय सहभागिता गराउन प्रेरित गर्ने कार्यक्रम को मुख्य उदेश्य रहेको शाखा सभापति युवराज सुयेलले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखा को आयोजनामा भएको गोष्ठीमा सदस्यता सम्बन्धि जानकारी साधारण सदस्य आजिवन सदस्य , बिशिस्ट सदस्य यसस्कर सदस्य संस्थागत सदस्य मानार्थ सदस्यको बिशेषता का बारेमा जानकारी गराईएको थियोे।
पुनर्वास शाखा सभापति युवराज सुंयेल को सभापतित्वमा भएको कार्यक्रममा पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष मित्र सिंह लामा रहेका थिए भने बिशिस्ट अतिथि मा रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखा सदस्य बिष्णु तिवारी रहनुभएको थियो ।
कार्यक्रम पूर्व रेडक्रस उपशाखा सभापति बिश्वनाथ बिष्ट सल्लाहकार संयोजक राजेन्द्र सिंह धामीसदस्य पदमबहादुर थापा भद्रकृष्ण रिमाल
कोषाध्यक्ष कल्पना श्रेष्ठ लगायत अतिथि रहेका थिए नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखा सदस्य बिष्णु तिवारीपुनर्वास उपशाखा निवर्तमान सभापति दिष्णुभक्त पौडेल पुनर्वास उपशाखा संस्थापक सभापति महेन्द्रबहादुर बस्नेत संस्थापकसचिव माधव पोख्रेल कार्यसमिति सदस्य रामनारायण कंडेल ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिका निरिक्षक नरेशराज मल्ल सभापति युवराज सुयेल ज्योति पुस्तकालय अध्यक्ष रामचन्द्र नेपाल लगायतका प्रशिक्षकले बिधागत बिषयमा सहजिकरण गरेका थिए। सदस्य नवीन तिमिल्सिनाले स्वागत गरेको कार्यक्रम को सञ्चालन सचिव रूपेश खरेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply