मोहना लालझाडी सहकारी को नवनिर्मित भवनबाट सेवा सञ्चालन

धनबहादुर बिक
जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका १० भिमबस्तिमा रहेको मोहना लालझाडी क्षेत्र बचत तथा ऋण सहकारी संस्था ले आफ्नै नवनिर्मित भवनबाट सेवा दिन सुरु गरेको छ ।
संस्था को नवनिर्मित भवन को उद्घाटन हालै सम्पन्न प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय सहकारी संघ सञ्चालक सदस्य तारालामा तामाङले गरेका थिए ।
विगत १७ बर्ष भाडाको घरमा रहि संस्थागत कारोबार सञ्चालन गर्दै आएको सहकारीले गत दुई साता देखि आफ्नै नवनिर्मित भवनबाट सेवा प्रवाह दिंदै आएको हो । १५ लाख रकम कञ्चनपुर स्थित कृषि ज्ञान केन्द्र द्वारा अनुदान सहयोग र बाँकी संस्था को लगानि गरि
हालसम्म करिब ४१ लाख रकम लगानी भईसकेको र संस्था को भवन पुर्णतया सम्पन्न नभएपनि ४ कोठा एक ब्राण्डा को एकतले भवनबाट सेवा दिन सुरु गरिएको संस्था का व्यवस्थापक रमेश रानाले बताए ।
२७४३ सेयर सदस्य सङ्ख्या रहेको सहकारी ले बचत सेवा ऋण कारोबार , रेमिटेन्स सेवा , बिजुली बिल तथा , खानेपानी बिल भुक्तानी सेवा , स्वरोजगारका फारम भरपदिने लगायत रसायनिक मलखाद सृवा समेत प्रदान गर्दै आएको संस्था कि अध्यक्ष प्रेमलता देवी गौतमले बताईन ।
संस्थाले आफ्ना सेयर सदस्य लाई वित्तीय साक्षरता तालिम , बैंकिङ कारोबार कसरी गर्ने , बचत को महत्त्व का बिषयमा समेत जानकारीमूलक तालिम सञ्चालन गर्ने गरेको व्यवस्थापक रानाले बताए ।
त्यो संगै स्वदेशमै केही नयाँ काम गर्न चाहने युवालाई शिपमुलक तालिम तथा सस्तोमा ऋण प्रवाह गरि उनिहरूलाई आर्थिक उन्नति तर्फ टेवा पुर्याउने कार्यक्रम सञ्चालन गरेको अध्यक्ष गौतम बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply