धनबहादुर बिक
जिल्ला :- कञ्चनपुरको बेलौरीमा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ। पुर्ब विद्यार्थी समाज शान्तिपूरको आयोजनामा ‘गरिब तथा असाहय बालबालिको सहयोगार्थ’ भन्ने मुल नाराका साथ बेलौरीको खुल्ला मञ्चमा यहि पुष ११ गतेदेखि पुष २० गते सम्म तेस्रो बेलौरी कृषि पर्यटन मेला हुने भएको हो । बेलौरी नगरपालिका वडा नम्बर ४ स्थित पुर्ब विद्यार्थी समाज शान्तिपूरले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेको कार्यक्रममा बेलौरीको खुल्ला मञ्चमा यहि पुष ११ गतेदेखि पुष २० गते सम्म तेस्रो बेलौरी कृषि पर्यटन मेला हुने महोत्सव मुल आयोजक समितिका संरक्षक प्रेम बहादुर थापाले जानकारी दिनुभएको छ । महोत्सवमा विभिन्न व्यवसायिक १५० वटा स्टल राख्ने उहाँले बताउनु भयो। सुदूरपश्चिमको पहाडी समुदाय र थारु समुदायका मौलिक खानाका परिकारदेखि कृषि उत्पादित वस्तु तथा सेवाहरु प्रर्दशन गरिनेछन। महोत्सवमा स्थानीय एव राष्ट्रिय चर्चित कलाकारद्वारा साँस्कृतिक कार्यक्रम, अन्तर बिधालय सास्कृतिक कार्यक्रम प्रस्तुत हुने समितिका संरक्षक थापाले बताउनुभयो । पुर्ब बिद्यार्थी समाजले बिगत देखि नै विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। महोत्सवबाट संकलन भएको रकम विपन्न जेहेन्दार विद्यार्थीको पढाईमा टेवा पुग्ने, दक्षिणी क्षेत्रको कृषि पर्यटनमा प्रर्बद्धन हुनेछ । पौष २० गते सम्म संचालन हुने महोत्सवमा हजारौं दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेकोछ। महोत्सव अवलोकन गर्नका लागि एक सय रुपैयाँ र बिद्यार्थीहरुका लागि ८० रुपैयाँ बराबरको टिकट ब्यवस्था गरिएको पुर्ब बिद्यार्थी समाजका अध्यक्ष राजेन्द्र भट्टले बताउनुभयो । अहिले आवश्यक कामको तयारी तीब्र रूपमा भैइरहेको कलाकार तथा सास्कृतिक सम्योजक सुरज रावलले जानकारी दिनुभएको छ ।