कञ्चनपुर – कञ्चनपुरको बेलडाँडी गाउँपालिका गाउँ कार्यपालिकाकाे आयोजनामा र ईलाका प्रहरी कार्यालय बेलडाँडी कञ्चनपुरको सहकार्यमा लागू औषध दुब्यसनी सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार बिरुद्ध
बेलडाँडी गाउँपालिका वडा नँ ०३ मा रहेको श्री राधाकृष्ण जनप्रिय प्राथमिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बेलडाँडी गाउँपालिका अन्तर्गत लागु औषध दुब्यसन, यसको असर , यसबाट बच्ने उपायका बारेमा बिधार्थीहरुलाई जानकारी गराइएको छ । सो संगै लागु औषध नियन्त्रण तथा जिवन उपयोगी नैतिक एवं सामाजिक शिक्षा सम्बन्धि लागुपदार्थ त्यस्तो पदार्थ हो जसको सेवनले सेवनकर्ताले शारीरिक र मानसिक स्थितिमा प्रभाव पारेर प्रभावबाट सेवनकर्ता लठ्ठीने, उत्तेजित हुने, बर्बराउने, उन्मुक्त हुने, शिथिल हुनेजस्ता अवस्थामा पुग्छ । यदि यस्ता लागुपदार्थ सेवनकर्ताले सेवन गर्न नपाए छट्पटिने, रुने कराउने गर्दछन् । हाम्रो देशमा एकातिर आमाबाबुहरूलाई बच्चा जन्माएर लालनपालन गर्नुपर्छ भने एउटा ठूलो समस्या भई दैनिक हजारौँ वैदेशिक रोजगारमा भासिएका छन् भने अर्कोतिर आफ्नो छोराछोरी लागुपदार्थको कुलतमा नफसून् भन्ने सबैभन्दा ठूलो चिन्ता तेर्सिएको अवस्थाछ, लागुपदार्थको सेवन गलत लत मात्र नभएर मृत्यु पनि हो ।
लागुपदार्थ दुर्व्यसनीलाई हटाउन सक्ने किसिमको कार्यक्रमहरू सञ्चालन गरी व्यक्ति तथा समुदायलाई आफ्नो बारेमा सोच्न र सजग हुन सहयोग पुर्याउनु जानकारी गराइन
अतः समयमा नै सोको रोकथाम गरी गुणस्तर जीवनको लागि आवश्यक पहल गर्नु आजको आवश्यकता हो
जानकारी गराएको बेलडाँडी गाउँपालिका कार्यालय उपाध्यक्ष शान्ति नाथले बताइन् ।
कार्यक्रममा बेलडाँडी गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयका विद्यार्थी अध्यनरत करीव ७५ जना बिद्यार्थीहरुको सहभागीतामा रहेको थियाे।