एसईई आईडल 2 सुरु

सुदूरपश्चिममा विद्यालय स्तरका नृत्य तथा गायन प्रतिभा उजागर गर्ने उद्देश्यले प्रभात मिडिया एण्ड इभेन्ट प्रा.लिले एसईई आइडल सिजन २ आयोजना गर्ने भएको छ । आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता सम्बन्धी जानकारी गराइएको हो ।

शिक्षा प्रति राज्यलाई थप उत्तरदायी बनाउन दबाब दिन,विद्यार्थीहरूका प्रतिभा प्रस्फुटन गराउन, शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न व्यापार व्यवसायको प्रवर्द्धन गर्न मुख्य उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिन लागेको प्रभात मिडिया एण्ड इभेन्ट प्रा.लिका अध्यक्ष प्रकाश छेडालले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको अडिसनहरू २०७९ पुस देखि २०८० वैशाख सम्म सुदूरपश्चिममा प्रदेशका ९ जिल्लाका २५ स्थानमा सञ्चालन हुने छन् । प्रतियोगिताका फाइनल २०८० असार २ गते हुने छ । प्रतियोगितामा एसईई सिंगिङ आइडल र एसईई डान्सिङ आइडल गरि दुई विधा मा प्रतिस्पर्धा हुनेछ ।

एसईई डान्सिङ आइडलको विजेतालाई रु ५० हजार नगद सहित ट्रफि, छात्रवृत्ति, गिफ्ट ह्याम्पर र उप विजेतालाई २५ हजार नगद सहित ट्रफि, छात्रवृत्ति, गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जानकारी दिएको छ । यसै गरी एसईई सिंगिङ आइडल विजेतालाई पुरस्कार रु २० हजार नगद सहित छात्रवृत्ति, गिफ्ट हयाम्पर र उप विजेतालाई रु १० हजार नगद सहित छात्रवृत्ति, गिफ्ट ह्याम्पर पुरस्कार प्रदान गरिने छ । प्रतियोगितालाई चौधरी ग्रुप (वाई वाई चाउचाउ) , र सुदूरपश्चिमाञ्चल एकेडेमीले प्रायोजन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply