सुदूरपश्चिम सरकार गठनका सन्दर्भमा कुनै अडान छैन : रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकार गठनका सन्दर्भमा आफूहरुको कुनै अडान नरहेको बताएको छ । नाउपाले मुख्यमन्त्री पाउनुपर्ने अडान राखेको चर्चा भइरहेका बेला अध्यक्ष श्रेष्ठले यो दलहरुबीचको छलफलमा उठेको विषयमात्र भएको बताइन् ।

‘सत्ता साझोदार दलहरुका बीचमा केही सहमति भइसकेको छैन । छलफलका क्रममा ‘जे सहमति हुन्छ त्यही हुन्छ’ उनले भनिन्, ‘कतै हाम्रो छुट्टै अडान छैन ।’

सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि आह्वान गरिसकेका छन् । मुख्यमन्त्री नियुक्तिका लागि पुस २७ गते साँझ ५ बजेसम्मको समय दिइएको छ ।

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ । कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ नेकपा एकीकृत समाजवादीका ४ राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् ।

सुदूरपश्चिम प्रदेशसभाको बैठकमा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित एक प्रदेशसभा सदस्यले भने रेशम चौधरीको रिहाइ नभए बैठक चल्न नदिने चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply