बाटो स्तरउन्नति गरिनुपर्ने बिद्यालय को माग

धनबहादुर बिक
पुनर्वास यहाँ स्थित एक बिद्यालय ले बिद्यालय संग जोडिएको बाटो निर्माण गरिदिन नगरपालिका मा ज्ञापनपत्र पेश गरेको छ ।
कञ्चनपुर को पुनर्वास नगरपालिका ६ स्थित श्री जीवन ज्योति मावि ले बिद्यालय संग जोडिएको जिर्ण बाटो को कारण दुर्घटना हुनथालेपछी मर्मत गरिदिन नगरपालिका लाई ज्ञापनपत्र पेश गरेको हो ।
बुधबार बिद्यालय व्यवस्थापन समिति ले बिद्यालय व्यवस्थापन समिति तथा अभिभावक भेला बसी बिद्यालय संग जोडिएको अति जिर्ण अवस्थामा रहेको बाटो स्तरउन्नति गरिदिन नगरपालिका लाई ज्ञापनपत्र पेश गरेको छ ।
बिद्यालय का प्राधानअध्यापक भरत कुमार बस्नेतले उक्त ज्ञापनपत्र नगर प्रमुख तोया प्रसाद शर्मालाई पेश गर्नुभएको छ ।
नगर प्रमुख शर्माले उक्त ज्ञापनपत्र कार्यपालिका बैठकमा पेश गरि जतिसक्दो चाडै उक्त बाटो निर्माण गरिने जानकारी दिनुभएको छ ।
बिद्यालय को नजिकै रहेको चोक देखि बिद्यालय हुँदै वडा नम्बर ६ चौरासी धारा चोक सम्म उक्त बाटो मा ग्राभेल गरिएको छ भने करिब दुई बर्ष अघि ग्राभेल गरिएको उक्त बाटोमा ठुलठुला ढुङ्गा का कारणले दुर्घटना हुँदै आएको स्थानीयले बताएका छन ।
पुनर्वास नगरपालिका वडा नम्बर ९ बिँचफाटा देखि बेलौरी , बेलडाडी सम्म आवतजावत गर्ने उक्त सडकमा सवारीसाधन ओहोरदोहोर गर्दा बिध्यार्थि लाई चोटपटक समेत लाग्ने गरेको बिद्यालय का सहायक प्रअ सेते बिस्वकर्माले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply