बेलडाँडी गाउँपालिकाको बाह्रौँ गाउँ सभा (हिउँदे अधिवेशन) सम्पन्न

धनगढी : कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिकाको बाह्रौँ गाउँ सभा (हिउँदे अधिवेशन) सम्पन्न भएको छ । कृषि क्षेत्रको उत्पादकत्व वृद्धि, सडक सञ्जाल, कोल्ड स्टोर, स्वच्छ खानेपानी र पर्यटन विकास गर्ने लगायतका गौरवका प्रस्ताव पारित गर्दै पालिकाको बाह्रौँ हिउँदे अधिवेशन सम्पन्न भएको हो । गाउँपालिकाको सभा हलमा बिहीबार गरिएको अधिवेशनबाट बेलडाँडीमा शीत गृह (कोल्ड स्टोर) निर्माण गर्ने, पालिकाका विभिन्न वडाहरूमा किसानका खेतबारीमा बनेको सिमसार डुबानको समस्या समाधान गर्ने, रिङ रोड, खेलमैदान, कालिकिच ताललाई पर्यटकीय क्षेत्र विकास र खानेपानीको बृहत् योजना लगायतका निर्णय बाह्रौँ अधिवेशनबाट पारित गरिएको बेलडाँडी गाउँपालिका उपाध्यक्ष सान्ति नाथले जानकारी दिनुभएको छ ।

बेलडाँडीको प्रमुख आयस्रोत कृषि भएकोले पालिकाले कृषि क्षेत्रको विकासलाई प्राथमिकताका साथ अघि बढाएको गाउँपालिका उपाध्यक्ष सान्ती नाथकोभनाइ छ । किसानहरूले उत्पादन गरेको तरकारीलाई स्थानीय स्तरमै सुरक्षित बनाइ कृषकहरूको उत्पादकत्व वृद्धिमा प्रोत्साहन दिन कोल्ड स्टोर स्थापनाका लागि बेलडाँडी गाउँपालिकामा महत्त्वका साथ योजना अघि बढाएको उहाँले बताउनु भयो । कृषि उत्पादनलाई सहज रूपमा बजार पहुँच र यातायात सेवा गुणस्तरीय बनाउन रिङ रोडको योजना ल्याइएको समेत अध्यक्ष रानाले सुनाउनु भयो । जनतालाई स्वच्छ खानेपानी उपलब्ध बनाउन खानेपानीको बृहत् योजना र खेलकुद क्षेत्रको विकासका लागि स्तरीय खेल मैदानको व्यवस्था गर्ने र कालिकिच ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना बेलडाँडी गाउँपालिकाले पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply