धनबहादुर बिक
कञ्चनपुर :- सशस्त्र प्रहरी द्वारा बेलौरी भन्सार कार्यालय नजिक हेल्प डेस्क स्थापना गरिएको छ।
बेलौरी नगरपालिका र शान्ति पुर्नस्थापना केन्द्रको सहयोगमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) बेलौरीले भन्सार नजिक हेल्प डेस्क स्थापना गरेको हो।
पछिल्लो समय कोभिड-१९ को नयाँ भेरिएन्ट छिमेकी देशहरूमा फैलिरहेकोले समयमै सतर्कता अपनाएर नियन्त्रण गर्न हेल्प डेस्क स्थापना गरिएको बीओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक गोकर्ण भट्टराईले बताए ।
खुल्ला सीमा आवागमनमा सहज वातावरण बनाउन, भाइरसको नयाँ संक्रमणबारे सतर्कता अपनाउन हेल्प डेस्क स्थापना गरिएको उनको भनाई छ।
अघिल्लो वर्ष पनि कोरोना महामारी बढेको समयमा सशस्त्र प्रहरीले सीमा क्षेत्रहरुमा हेल्प डेस्क सञ्चालन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1