माघ मिलन बधाई तथा सुभकामना कार्यक्रम कंचनपुरमा सम्पन्न

धनगढी । थारुहरुको पर्व माघी नजिकिँदै गर्दा जिल्लामा माघीको चहलपहल बढेको छ। विशेषगरी यहाँका थारु बस्तीमा यतिखेर माघीको रौनकता बढेको हो। थारु बस्तीमा माघीको तयारीमा सो समुदायका महिला अहिले व्यस्त रहेका छन । यसैबिच,सनिवारका दिन कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ६ मा रहेको सिहपुर सामुदायिक बनमा आज सुभकामना आदानप्रदान तथा बधाई कार्यक्रम सम्मन भएको छ ।यस्तै हामीले सनिवार कृष्णपुर नगरपालिका विभिन्न वडाका थारु बस्तीमा पुग्दा माघीको तयारी तीव्र पारिएको देखिन्थ्यो।

युवतीहरु माघीमा खाने रोटी तथा ढिक्रीको लागि पिठो तयारीमा व्यस्त देखिन्थे भने पुरुष माघीका लागि मासुको जोहो गर्ने तर्खरमा रहेका भेटिन्थे। घरआँगन सरसफाइ, रङरोगन तथा लिपपोत गरी चिटिक्क देखिन्थे। त्यस्तै, माघीमा प्रयोग गरिने भाँडाकुँडा सबै सफा गरिएकासमेत देखिन्थे। यो दृश्य कृष्णपुर नगपालिका वडा नम्बर (६ थारु बस्तीमा देखिएको हो।माघीको रौनक अहिले कृष्णपुर नगरपालिका वडा नम्बर ६ थारु बस्तिमा मात्र होइन कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिकाको अधिकांश थारु बस्ती सबैमा बढेको छ। केही महिला भने माघीको लागि आवश्यक पर्ने माछा मार्नेलगायतका काममा व्यस्त छन् । माघी आउनु अगाडि नै चाडको तयारीका काममा व्यस्त हुने कृष्णपुर नगरपालिका वडा नम्बर ६ बस्ने ६५ वर्षीया देशनी चौधरीले बताउनु भएको छ ।

उनले भने,आफूहरुको संस्कृतिअनुसार सुँगुर मार्ने काम माघी आउन एक दिन बाँकी हुँदा गरिन्छ भने माछा मार्नेदेखि लिएर रोटी पकाउनेलगायतका अन्य तयारी दुई हप्ता अगाडिबाट नै सुरु गरिन्छ।आफ्नो घरको आँगनमा बसेर दुनाटपरी बनाउँदै गर्नुभएकी ४५ वर्षीया कृष्णी चौधरीले भनिन्, ‘माघीका लागि आवश्यक पर्ने दुनाटपरी बनाउँदै गरेकी छु। माघीमा घरका सबै परिवार नातेदार र पाहुना धेरै जम्मा हुने भएकाले आवश्यक परिकार बनाउन लागेकी हुँ।’
कृष्ण पुर नगरपालिकाको वडा नम्बर ६ को बस्तीमा मात्र होइन यहाँका अन्य थारु बस्तीमा पनि माघीको रौनक बढ्दै गएको छ।

कंचनपुरजिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ६ का ६० वर्षीया मनराखी चौधरी पनि माघीका लागि दुनाटपरी बनाउनमै व्यस्त थिइन्। आफ्ना बुहारीहरुसँगै बसेर दुनाटपरी बनाउनमै व्यस्त रहेकी मनराखीले माघीमा विभिन्न प्रकारका खानेकुरा खानको लागि सालका पातको दुनाटपरी बनाउन लागेको बताउनु भएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर ६ की २८ वर्षीया पूर्णिमा चौधरीले माघी नजिकिँदै गरेकाले तयारीमा लागेको बताइन्। उनले भनिन्, ‘माघीमा घरमा धेरै पाहुना आउनुहुन्छ। अचार धेरै चाहिने भएकाले अहिले नै मुलाको अचार बनाउन लागेको छु।’

उनले एक महिना अगाडिदेखि नै पात तथा दाउराका लागि वनमा जाने गरेको भए पनि माघीमा आवश्यक पर्ने अन्य परिकार बनाउन भने आफूले आजदेखि सुरु गर्ने बताउनु भएको छ ।पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिक्री ९पिठोको एक परिकार०, माछालगायतको परिकार बनाएर जाँड, रक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्नेप्रचलन छ। यतिबेला सखियै हो, माघीक पिली गुरी जाँर भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ।

माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ। माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजिकैको खोला, नदी, तलाउ तथा पोखरीमा गई नुहाउन जाने चलन छ। नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफ्ना छोरी चेलीलाई टीका लगाइदिने चलन छ। थारुले माघीलाई पर्वको रुपमा मात्र होइन यसलाई नयाँ वर्षको रुपमा पनि मनाउने प्रचलन रहेको छ। उनीहरुले वर्षभरि गरिने कामको योजना पनि बनाउने चलन छ। गाउँको अगुवादेखि चौकीदारसम्म चुन्ने, वर्षभरिका कामको लागि कस्लाई के जिम्मेवारी दिने पनि यसै बेलामा नै गर्ने गर्दछन्। घर छोडेर रोगजारीका लागि जिल्ला बाहिर बस्दै आएका थारु माघी मनाउनका लागि आफ्नै घरमा आउने गर्दछन् भने यो चाडलाई उनीहरुले एक हप्तासम्म मनाउने गर्दछन्।।

यस्तै सिहपुर सामुदायिक बन उपभोक्ता समितिको सभाहलमा सनिवार सप्पन्न माघे सक्रान्तीको सुभकामना आदानप्रदान तथा बधाई कार्यक्रमका प्रमुख अथिती कंचनपुर जिल्ला बाट प्रदेश सभा सदस्य माननीय देवान सिह बिस्ट नेपाल काग्रेस कंचनपुरबाट सामानुपाती प्रदेश सभा सदस्य माननीय गिता चौधरी देबि लाल चौधरी ,विशिष्ट अथितिमा कृष्णर नगरपालिकाका मेयर सुक्लाफाटा नगरपालिकाका मेयर , पुर्नबास नगरपालिकाकि उप प्रमुख र बेलडाँडि गाउँ पालिका अध्यक्ष र कृष्णपुर नगरपालिका वडा नम्बर ६ का वडा बामुराम चौधरी अध्यक्ष र स्थानीय पत्रकार हरुको जम्भो उपस्थितिका साथ कार्यक्रम सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply