धनगढी।लामोसमयदेखि अलपत्र अवस्थामा रहेको पुनर्वासको फोहोरमैला दिगो व्यवस्थापन का लागि पुनर्वास का सरोकारवाला बिच एकदिने अभिमुखिकरण कार्यक्रम गरिएको छ ।पुनर्वास नगरपालिका अन्तर्गत रहेका मुख्य बजारबाट निस्कने फोहोरमैला लाई व्यवस्थापन तथा फोहोर लाई मोहोरमा कसरी आयआर्जन मा परिणित गर्न सकिन्छ भनी बजार व्यवस्थापन समिति व्यापारी ,उधोगि जनप्रतिनिधि , पत्रकार लगायत सरोकारवाला बिच अभिमुखिकरण कार्यक्रम को आयोजना गरिएको हो । पुनर्वास नगरपालिका ले आयोजना गरेको कार्यक्रम को सहजीकरण प्रादेशीक सुशासन केन्द्र सुदूरपश्चिम प्रदेशले गरेको थियो ।
कार्यक्रममा वालिङ् नगरपालिका फोहोरमैला व्यवस्थापन बिज्ञ कृष्ण भण्डारी ,धनगढी उपमहानगरपालिका वातावरण अधिकृत असोक अवस्थि , धनगढी उपमहानगरपालिका सामाजिक विकास अधिकृत टंक बहादुर बिष्ट मुख प्रशिक्षक रहेका थिए ।
पुनर्वासको फोहोरमैला व्यवस्थापन का लागि स्थानीय सरकारको एकल प्रयासले मात्रै सम्भव नरहेको जिकिर गर्दै यसको दिगो व्यवस्थापन का लागि नगरका सम्पूर्ण आम सरोकारवाला को पनि उत्तिकै दायित्व रहने भएकोले सबैले चासो दिनुपर्ने उप प्रमुख रानाले जोड दिईन ।
अहिले पहिलो प्रयास हो , विकसित शहरको तुलनामा जस्तै पुनर्वास मा त्यस्तो फोहोर नहोला तर यस को पुर्व तयारी का लागि हामी सजग हुनुपर्छ उप प्रमुख रानाले बताईन ।
फोहोरको पहिचान गरि यसलाई सहि रूपमा व्यवस्थापन गर्न सकिएमा फोहोर लाई मोहोरमा पनि आमदानी गर्न सकिने पनि रानाले बताईन ।
कार्यक्रममा पुनर्वास नगरपालिका फोहोरमैला व्यवस्थापन फोकल पर्सन ओमनाथ ढकालले पुनर्वासको फोहोरमैला दिगो व्यवस्थापन का लागि निकट भबिस्यमा सम्पूर्ण सरोकारवाला संग समन्वयात्मक बैठक राख्ने , नगरमा फोहोरमैला के कति उत्पादन हुनेगर्छ तथ्यांक संकलन गर्ने , फोहोरमैला व्यवस्थापन सम्बन्धि बजारवासी लाई आवस्यक सूचना प्रवाह गर्न प्रचारप्रसार गर्ने , फोहोरमैला कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा यसै आर्थिक बर्ष बजारवासी , जनप्रतिनिधि , पालिका सरोकारवाला लाई सो सम्बन्धित अवलोकन भ्रमण गराउने , फोहोरमैला व्यवस्थापन मापदण्ड बनाउने तथा सरसफाइ सम्बन्धि नितिनिर्माण तयार गर्ने एब उल्लेखित बिषय लाई कार्यपालिका बैठकमा पेश गर्ने बिषषका आगामि कार्ययोजना प्रस्तुत गरेका थिए ।
पुनर्वास नगरपालिका नगर प्रमुख तोया प्रसादको सभापतित्वमा भएको कार्यक्रम मा नगर उप प्रमुख भुलिया कुमारी राना बिशिस्ट अतिथि रहनुभएको थियो भने अतिथि मा पुनर्वास नगरपालिका वडा नम्बर ३ का अध्यक्ष कृष्णबहादुर तामाङ , वडा नम्बर ६ का अध्यक्ष मित्र सिंह लामा , वडा नम्बर ८ का अध्यक्ष राना श्रवण , त्रिभुवनबस्ति बजार समिति अध्यक्ष अमित रोकाया , कालपका बजार समिति उपाध्यक्ष सुकमाया मोक्तान , सचिव शेषकान्त पन्थि लगायत रहेका थिए ।
कार्यक्रम को सञ्चालन( जि आई जेड ) सुशासनका लागि क्षमता विकास केन्द्र सुदूरपश्चिम प्रदेश संयोजक पशुपति नाथ झा ले गरेका थिए ।