श्री सिद्धदेबि महिला सामुदायिक बन उपभोक्ता समुहको सातौं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा यम बहादुर मगर निर्वाचित

केशब भट्टराई
पुनर्वास– शनिबार श्री सिद्धदेबि महिला सामुदायिक बन उपभोक्ता समुहको सातौं बार्षिक साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट समुहको अध्यक्ष यम बहादुर मगरको संयोजकतामा नयाँ कार्यसमिती गठन भएको हो ।
समुहको नबनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मान बहादुर धामी, सचिबमा चन्द्र सिह ठकुल्ला र सह-सचिबमा सरस्वती रेग्मी, कोषाध्यक्षमा शर्मिला देबि थापा निर्वाचित भए भने सदस्यहरुमा कृष्ण बिष्ट, तुलाराम जोशी, नन्दामाया काफ्ले, शेर बहादुर बिक, जमुना बिक र धनिराम बोहरा निर्वाचित भएका हुन् ।
आर्थिक बर्ष २०७८/७९ को आय ब्याय प्रस्तुति संगै अबका दिनमा गर्ने कामको कार्ययोजना समेत प्रस्तुत गरिएको थियो । अर्थिक बर्ष २०७८/७९ मा ४ लाख ५५ हजार एक सय चौउन्न रुपैयाको आयब्याय समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा
जनप्रतिनिधि, उपभोक्ता समुहका सदस्य पत्रकार लगायत स्थानीयहरुको उपस्थिति रहेको कार्यक्रमलाई सञ्चालन पत्रकार केशब भट्टराईले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply