लागू औषध तथा साइवर अपराध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम पुनर्वास मा सम्पन्न

धनबहादुर बिक
पुनर्वास जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका मा लागू औषध तथा साईवर अपराध नियन्त्रण सम्बन्धि एकदिने सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
लागू औषध ओसारपसार का लागि उच्च जोखिम क्षेत्र मानिएको तथा सिमावर्ति भारतीय सिमानाका संग जोडिएको पुनर्वास नगरपालिका मा उक्त कार्यक्रम को आयोजना गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुर को आयोजना तथा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति को सहकार्य मा पुनर्वास जनता माविको सभाहलमा कार्यक्रम को आयोजना गरिएको थियो ।

कार्यक्रममा कञ्चनपुर का प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले लागुऔषध नियन्त्रण सरकार लगायतका निकायहरुले मात्रै गर्नुपर्छ भन्दा पनि आफैले यसको अभियान्ताका रुपमा सक्रियता देखाउनुपर्ने आवस्यकता रहेको बताए ।

स्थानीयको सूचना नपाएसम्म यस्ता क्रियाकलाप नियन्त्रणमा जटिलता थपिएको र चाहेर पनि कानुनी कटघेरामा ल्यौउन नसकिने अर्यालले बताए ।
साईबर तथा लागुऔषध अपराधको प्रकृति अनुसारको कानुनी सजाय हुने बिषय लाई जोड दिंदै प्रमुख जिल्ला अधिकारी अर्यालले भने विद्यार्थीहरुबाट गलत गतिविधिहरुको काउन्सिलिङ गर्न सके यस्ता गतिविधि न्युनिकरण गर्न सकिन्छ ।
यस्ता विकृति लाई नियन्त्रण गर्न प्रहरीको एकल प्रयास ले मात्र सम्भव नहुने कुरामा जोड दिंदै कञ्चनपुर जिल्ला प्रहरी प्रमुख श्याम कुमार चौधरीले सामाजिक अभियान्ता आम अभिभावक को प्रमुख भुमिका रहने बताए ।
बढ्दो मोबाइल विकृतिको प्रभावले साईबर क्राईममा वृद्धि भईरहेको छ , त्यसैगरी बढ्दो दुर्व्यशनी ले समाजका युवाहरू को अवस्था जर्जर हुन थालेको छ , युवाहरूको भबिस्य अन्धकार हुने देखिन्छ ।
अभिभावकले पनि आफ्नो सन्तान कुन मार्गमा जांदैछ आम अभिभावक जिम्मेवार हुनुपर्ने देखिन्छ प्रजिअ अर्यालले बताए ।
लागू औषध तथा साइवर अपराध नियन्त्रण मा अभिभावक तथा सम्पूर्ण सरोकारवाला को पनि उत्तिकै दायित्व हुनुपर्छ उनले भने । प्रहरी र सरकारको समस्या दर्साएर आफु मौन नभई आफ्नो कर्तव्य पनि सम्झिन आवश्यक छ उनले बताए ।
गृहमन्त्रालय जिल्ला प्रशासन कार्यालय कञ्चनपुर
सो अवसरमा पुनर्वास नगरपालिका नगर प्रमुख तोया प्रसाद शर्मा ले भारतीय खुला सिमा नाका संग जोडिएको पुनर्वास नगरपालिका मा प्रतिबन्धित लागू औषधओसारपसार तिब्र रूपमा हुनेगरेको छ यद्यपि पछिल्लो समय प्रहरीको सक्रियता ले केही हदसम्म नियन्त्रण हुँदै गएको पाईएको छ । यसलाई पुर्णरूपमा नियन्त्रण गर्न प्रहरीको मात्रै प्रयास ले सफल हुंदैन , आम नागरिकको पनि उत्तिकै दायित्व रहन्छ नगर प्रमुख शर्माले बताए ।
प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल को सभाअध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख तोया प्रसाद शर्मा प्रमुख अतिथि रहृेका थिए भने बिशिस्ट अतिथि मा कञ्चनपुर प्रहरी प्रमुख श्याम कुमार चौधरी रहृेका थिए भने वडा अध्यक्ष मित्र सिंह लामा समाजसेवी बुद्धिजीवी , शिक्षक बिध्यार्थि पत्रकार लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रम को सञ्चालन ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति का प्रहरी निरिक्षक नरेशराज मल्लले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply