दश दिनदेखि बेपत्ता भक्त लाल चौधरी अहिलेसम्म भेटिएन

कञ्चनपुर । विगत १० दिनदेखि बेपत्ता एक पुरुष अझै फेला परेका छैनन् । कृष्णपुर नगरपालिका–९ राजघाट बस्ने ५४ वर्षीय भक्त लाल चौधरी ( भाेकरे ) को अहिलेसम्म अत्तोपत्तो छैन । पुष महिना १६ गते शनिबार बिहान ७ बजे घरबाट बेपत्ता हुनुभएका चौधरीको खोजीकार्यमा अहिलेसम्म कुनै पनि प्रगति नभएको बेपत्ता भएका चौधरीका आफन्त भाई बुद्धि राम चौधरीले बताए ।
चौधरी बिहानै एक्कासि घरबाट हिडेका थिए । सम्पर्क बिहिन भएपछि परिवारका सदस्यले खोजीकार्यका लागि अपिल गरेका छन् ।
घर परिवारमा पनि कुनै झैझगडा मनमुटाव नभए पनि पुष पन्ध्रकाे दिन केही आत्तिएको जस्तो भने देखेको परिवारका सदस्यको भनाइ छ । परिवारका सदस्य, आफन्त, शुभचिन्तक र प्रहरीले राजघाट आसपासका क्षेत्रमा नियमित जाने स्थान तथा वनजङ्गल, खोलानाला र विभिन्न स्थानमा समेत व्यापकरुपमा खोजी गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेपछि परिवार चिन्तित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply