तेस्रो नगर स्तरिय एवम् दशौं पुनर्वास प्याब्सन फेस्टिबलहुने

धनबहादुर बिक
पुनर्वास निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन पुनर्वासको तेस्रो नगर स्तरीय एबं पुनर्वास प्याब्सन फेस्टिबल को आयोजना हुने भएको छ ।
आयोजकले पत्रकार सम्मेलन मार्फत उक्त फेस्टिबल को जानकारी गराएको हो ।
पुनर्वास प्याब्सनको आयोजनामा आगामी माघ ४ गतेदेखि सुरु भई ६ गते समापन हुने “तेस्रो नगर स्तरिय एवंम् दशौ पुनर्वास प्याब्सन फेस्टिबल मा पुनर्वास का निजी तथा आवासीय २८ बिद्यालय सहभागी हुने पुनर्वास प्याब्सन संगठन अध्यक्ष बालकृष्ण ढकालले अवगत गराए ।
माघ ४ गते उद्घाटन हुने फेस्टिबल को पहिलो दिन नगर प्रभातफेरी कार्यक्रममा झन्डा सहित मार्चपास सलामी ६५ बिगाहा खेल मैदानमा उक्त कार्यक्रम को भब्यरूपमा आयोजना गरिने आयजकले बताएका छन ।

मावि तथा निम्न माध्यमिक , आधारभुत गरि २८ बिद्यालय सहभागी रहने फेस्टिबल प्रतियोगितामा
छात्र तथा छात्रा भलिबल , १०० र २०० मिटर रिले दौड प्रतियोगिता , छात्र तथा छात्रा हाई जप्प लङजम्प , पेनाल्टी सुटआउट , नृत्य प्रतियोगिता फेस्टिबल का आकर्षण रहने पनि आयोजकले जनाएको छ ।
उता पुनर्वास नगरपालिका ८ पृथ्वीबस्ति स्थित श्री ओरेन्ट माध्यमिक बिद्यालय ले बुधबारदेखि क्रिकेट प्रतियोगिता को आयोजना गरेको छ ।
चौथो ओरेन्टकप क्रिकेट प्रतियोगिता रहेको उक्त प्रतियोगिताको ओपचारिक उद्घाटन कार्यक्रममा पुनर्वास नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राना श्रवण प्रमुख अतिथि रहेका थिए ।
निजी तथा सामुदायिक बिद्यालय गरि ११ बिद्यालय सहभागी हसने उक्त क्रिकेट प्रतियोगितामा सहभागी छात्र छात्रालाई ट्रफि तथा मेडल प्रदान गरिने आयोजक बिद्यालय का प्रिन्सिपल राजेन्द्र अधिकारीले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply