अत्तरिया – उधोग बाणिज्य संघ अत्तरियाले प्रदेश को राजधानी कार्यन्वयन को लागि दबाब दिन ह्स्ताक्षर अभियान थालेको छ ।
अत्तरिया मा जारी महोत्सव को मुल गेटमा सर्बसाधारणहरु को हस्ताक्षर शुरु गरिएको संघ का अध्यक्ष अशोक राज देबकोटाले बताए ।
उनले गोदावरी २ र ४ मा सरकारले प्रदेश को राजधानी घोषणा गरिएपनी भौतिक संरचना अहिलेसम्म निर्माण नगरेको भन्दै दबाब दिन अभियान थालेको बताए । महोत्सव अबधि भर हस्ताक्षर संकलन गरिने देबकोटाको भनाई छ । हस्ताक्षर संकलन भएपछि सरकारलाई बुझाइने संघ को योजना रहेको छ । महोत्सव माघ ९ गते सम्म चल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
