कृष्णपुरमा माघी मिलन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

स्वेता भट्ट
कञ्चनपुर : थारु समुदायको महान पर्व तथा नयाँ वर्ष माघको अवसरमा कञ्चनपुरको कृष्णपुर नगरपालिकामा माघी मिलन तथा सांस्कृतिक कार्यक्रम २०७९ सम्पन्न भएको छ ।
“थारुनके संस्कृती मेगर पहिचान संस्कृती बचेना हमारा अभियान “’ भन्ने मुल नाराका साथ नगर स्तरीय माघी मिलन तथा सांस्कृतिक कार्यक्रम कृष्णपुर नगरपालिकाको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा कृष्णपुर नगरपालिका वडा नम्बर ३ काअध्यक्ष खेमराज चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुर जिल्ला क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण प्रसाद साउद रहेका थिए । कार्यक्रमका विशिष्ठ अतिथीमा नेपाली कांग्रेस प्रदेश सदस्य माननीय गिता चौधरी, नगरपालिकाका नगर प्रमुख हेमराज ओझा, उप-प्रमुख द्राेपती राना, सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा कञ्चनपुर जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बाेहरा रहेका थिए ।
त्यसैगरि अतिथीहरुमा कृष्णपुरका सम्पूर्ण वटाका वडा अध्यक्ष तथा नगर स्तरीय भलमन्सा तथा बडघर समिति कृष्णपुरका अध्यक्ष लगायत विभिन्न राजनितीक दलका प्रतिनिधि, सरकारी गैर सरकारी संघ संस्थाका प्रतिनिधि, कृष्णपुर नगरपालिकाका सम्पुर्ण भल्मन्सा, प्रहरी सुरक्षाकर्मी, पत्रकार, बुद्धिजीवी, समाजसेवी राष्ट्रिय कलाकार मनिराम करिया मघरिया थारू, साेमती थारू खड्का ,स्थानीय कलाकार लगायत रहेका थिए । कार्यक्रममा थारु लोकसंस्कृति, लोकगीत, स्थानीय तथा राष्ट्रिय थारू कलाकारहरुको गीत तथा नृत्य, नाटक, सखिया नाच प्रदर्शन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply