धनबहादुर बिक
पुनर्वास
तामाङ समुदायको रास्ट्रिय पर्व सोनाम ल्होछार २८५९ औं अवसरमा पुनर्वास नगरपालिका १० र ११ मा भब्यरूपमा मनाईएको छ ।
नेपाल तामाङ घेदुङ संघ बौद्ध थार्पालिङ छेक्पो गुम्बा पुनर्वास ले आयोजना गरेको सोनाम ल्होछार कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य माननीय वीर बहादुर थापाले बिबिधता ले परिचित पुनर्वास लाई पर्यटकिय क्षेत्र विकासका लागि नेपाल तामाङ घेदुङ संघ को गुम्बा धार्मिक महत्त्व रहन सक्ने कुरामा जोड दिनुभयो ।
पर्यटकिय दृष्टिकोणले निकै सम्भावना बोकेको पुनर्वास मा बिबिध जातजाति तथा धर्म संस्कृति को जगेर्ना गर्न सकियमा बाह्य एबं आन्तरिक पर्यटन भित्र्याउन टेवा पुग्ने हुंदा प्रदेशसरकारमा आफुले बिशेष पहल गर्ने माननीय थापाले जोड दिए ।
नेपाल तामाङ घेदुङ संघ बौद्ध थार्पालिङ छेक्पो गुम्बा पुनर्वास का अध्यक्ष नत्थुराम श्याङदङ को सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथि माननीय वीर बहादुर थापा रहनुभएको थियो । बिशिस्ट अतिथि मा नेपाल तामाङ घुदुङ संघ पुर्व केन्द्रीय सदस्य भिम बहादुर गोले , घेदुङ संघ कञ्चनपुर जिल्ला कार्यसमिति अध्यक्ष भिम बहादुर श्याङदङ , पुनर्वास नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तुलसि अर्याल लगायत रहेका थिए ।
