धनबहादुर बिक
पुनर्वास मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” मुल नारा सहित दलित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कञ्चनपुर ले २५ औं रजत वर्ष स्थापना दिवस मनाउन सफल भएको छ ।
पुनर्वास नगरपालिका ३ स्थित आई वी आर डी मा रहेको दलित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एक कार्यक्रम आयोजना गरि संस्था को २५ औं रजत बर्ष मनाएको हो ।
मंगलबार संस्था को आफ्नै कार्यालय परिसरमा २५ औं रजत बर्ष मनाउने क्रममा संस्था का संस्थापक सदस्य लाई सम्झना गर्दै सञ्चालक समिति कर्मचारी बिच हर्षउल्लाहसका साथ शुभकामना आदानप्रदान गरिएको थियो । रजत बर्षलाई हर्षउल्लाहसका साथ मनाउनु पर्छ भनेर संस्था स्थापना का लागी अतुलनीय योगदान पुर्याउनुहुने अग्रजहरू को सम्झनामा कार्यक्रम को आयोजना गरिएको हो स्वागत मन्तव्य राख्दै सञ्चालक सदस्य राजकुमार रायमाझीले बताए । २०५३ साल माघ १० गते आजकै दिन दलित नेता उत्प्रेरक तथा पथ प्रदर्शक श्री रुपलाल विश्वकर्मा सल्लाहकार रहि स्व. खडक बहादुर विश्वकर्मा को अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरि दलित समुदायको आर्थिक स्तरलाई माथि उकास्न का निमित्त दलित बहुउद्देश्यीय सहकारी संस्था को स्थापना गरिएको थियो। २५ औं रजत बर्ष मनाउदै गर्दा संस्थाले पुनर्वास र बेलौरी नगरपालिका गरि चारवटा शाखा कार्यालय स्थापना गरि कारोबार चलाउदै आएको छ भने ३ हजार ९० सेयर सदस्य रहेका छन । चार शाखामा २२ जना संस्थागत कर्मचारी रहेका छन । सो अवसरमा संस्था मा संस्थापक परिवार सदस्य तथा उत्कृष्ट कारोबार गर्ने १२ जनालाई दोसल्ला ओढाई सम्मानित गरिएको थियो । २५ बर्ष पूरा गर्दैगर्दा संस्थाले एल पि ग्यास बिक्रि वितरण का सदस्यको लागी नेपाल सरकारको अनुदान मा मल खाद को वितरण एबं शेयर सदस्यको स्वास्थ्यलाई मध्य नजर गर्दै निकट भबिस्यमा चाय , तेलहन र दलहनको कार्यक्रम महिला शेयर सदस्यबाट सञचालित साना घरेलु उद्योग कार्यक्रम जस्तै सफाईका लागी प्रयोग गरिने पोछा बनाउने भाडा वर्तन सफाई गर्ने जाली बनाउने लगायतका आयआर्जनका कार्यक्रम हरू सञ्चालनमा ल्याउने योजना रहेको संस्थाले जनाएको छ । अवसरमा शुभकामना राख्दै लेखा संयोजक रामसिंह वडवाल , सल्लाहाकार संयोजक खेमराज लामिछाने , कर्जा संयोजक यज्ञ प्रसाद कडेंल , वचत तथा शेयर संयोजक राज कुमार रायमाझी , शेयरधनि केयर कार्यदल संयोज कञ्चन गिरी , पुर्व सञ्चालक ऋषिराम रेग्मी , कबिराम सुनार पुर्व सदस्य राधा ढकाल पुर्व सदस्य पदम प्रसाद शर्मा , लगायतले संस्था को हित का बिषयमा आफ्ना भनाइ व्यक्त गरेका थिए । संस्था का कार्यवाहक अध्यक्ष सेते बिस्वकर्मा को सभापतित्वमा भएको कार्यक्रम को सञ्चालन व्यवस्थापक दानबहादुर रावलले गरेका थिए ।
