धनबहादुर बिक
कञ्चनपुरको पुनर्वास नगरपालिका ११ अमरबस्तीबाट ठुलो परिमाणमा काठ बरामद गरिएको छ ।
बुधबार दिउँसो पुनर्वासको अमरबस्तीबाट ठुलो परिमाणका काठ बरामद गरिएको हो । सव डिभिजन वन कार्यालय पचगढीका प्रमुख दिनेश यादवले १२ थान सालका गोलिया लुकाईराखेको अवस्थामा बरामद गरेको बताएका छन ।
पुनर्वास इलाका प्रहरी कार्यालयका इन्चार्ज नरेशराज मल्ल सहितको वनको टोलीले काठ बरामद गरेको हो । यसरी लालझाडी क्षेत्रबाट ठुलो परिमाणमा काठ बरामद हुँदा तस्कर समुह मौलाएको देखिन्छ ।
बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तिका प्रमुख प्र.नि. नरेश राज मल्लको कमाण्डमा ९ जनाको प्रहरी टोली स्थलगत रूपमा खटिएका थिए । साल जातको काठको गोलीया थान १२ (बाह) ४५.०० क्युफिट बराबरको अबैध काठ फेला पारी बरामदको मुचुल्का गरी आवश्यक कार्वाहीको लागी सब डिभिजन बन कार्यालय पचकडिया परासन कुण्डा पठाईएको छ ।
