धनबहादुर बिक
पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका–६, प्रतिभानगर बजारमा रहेको कालिका मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ ।
मन्दिर समितिको आयोजनामा प्रतिभानगरको खुल्ला मञ्चमा माघ १६ गतेदेखि २२ गते सम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने भएको हो ।
प्रत्येक दिन बिहान ६ देखि ७ बजेसम्म योग विज्ञान शिविर, ८ देखि १२ सम्म श्रीमद्भागवत पाठपारायण, दिउँसो १२ देखि ४ सम्म कथा प्रवचन, साँझ ६ देखि ७ बाल संस्कार र साँढे सात देखि दश बजेसम्म रात्रीकालिन कथा प्रवचनसँगै भजन कृतन सञ्चालन हुने मन्दिर समितिले जनाएको छ ।
सप्ताहमा कथा वाचक श्रद्धेय श्री गोविन्दशरण महाराज जी, उपवाचकमा पण्डित प्रमोद पौडेल त्यस्तै राष्ट्रिय भजन गायक देवेन्द्र उपाध्याय र राष्ट्रिय योग गुरु गोविन्द प्रसाद जी हुनुहुन्छ ।
महायज्ञमा करिब १ लाख बढी श्रदालु भक्तजनले सहभागिता जनाउने मन्दिर समिति ले जनाएको छ ।
