पुनर्वास मा १५ जना बृद्ध बृद्धलाई दलित सहकारी द्वारा सम्मान

धनबहादुर बिक
कञ्चनपुर मा रहेको एक सहकारी संस्थाले १५ जना बृद्ध बृद्धलाई एक कार्यक्रम बिच सम्मान गरेको छ ।

दलित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पुनर्वास ३ ले बृद्धहरूको सहायता शुभारम्भ एबं सम्मान कार्यक्रम को आयोजना गरि सम्मान गरेको हो ।
उमेरले ७५ बर्ष नाघेका १५ जना बृद्ध बृद्धलाई खाना खुवाई एक एक थान न्यानो कम्बल वितरण गरि सम्मान गरिएको छ ।
संस्था को २५ औं बार्षिक साधारणसभा को बैठकबाट बृद्ध हरूलाई सहायता शुभारम्भ गर्ने निर्णय भएबमोजिम पहिलो चरणमा उक्त सम्मान कार्यक्रम गरिएको संस्था का कार्यवाहक अध्यक्ष सेते बिस्वकर्माले बताएका छन ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य माननीय बिरबहादुर थापाले राज्यले गर्नुपर्ने सम्मान कार्यक्रम दलित सहकारी ले अत्यन्तै महत्त्वपूर्ण बिषय शुभारम्भ गरेकोमा शुभकामना व्यक्त गरेका थिए । सरकार पक्षले गर्नुपर्ने कार्यक्रम दलित बहुउद्देश्यीय सहकारी संस्थाले सुरु गरेको छ हामी गौरान्वित भएका छौ प्रदेशसभा सदस्य थापाले भने ।
दलित सहकारी लेे थालनि गरेको रचनात्मक कार्यमा पुनर्वास का अन्य बयोबृद्ध हरूलाई सेवा दिन दलित सहकारी संग समन्वय गरि प्रदेश सरकार ले पहल गर्ने पनि थापाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जिवनको उत्तर्रारध मा पुगेका आमाबुवाको सेवा गरणन पाउनु धर्मको बिषय रहेको ले यस्तो कार्यमा दत्तचित्त भएर लाग्नुपर्ने प्रदशसभा सदस्य थापाले जोड दिए ।
सो अवसरमा नगर प्रमुख तोया प्रसाद शर्मा ले सहकारी ले मुनाफा कमाउने मात्र नभई मुनाफा बाट केही रकम सामाजिक क्रियाकलाप का कार्यक्रम गरेकोमा अत्यन्तै सकारात्मक पक्ष रहेको छ कुरा औंल्याए । दलित सहकारी ले सुरुवात गरेको कार्यक्रममा बृद्धअबश्था रहेका आमाबुवाको सेवा गर्न पुनर्वास नगरपालिका ले पनि पहल गर्ने नगर प्रमुख शर्माले प्रतिबद्धता गरे ।
बहुउद्देश्यीय सहकारी संस्था को नाम अनुसार संस्थाले विभिन्न सामाजिक बिषयका कार्यक्रम हरू आयोजना गर्ने गरेको संस्था का सञ्चालक समिति सदस्य कञ्चन गिरीले बताए ।
दलित सहकारी ले साच्चिकै सामाजिक सेवाका कार्यक्रम थालनि गरेको छ संस्था का संरक्षक पदम प्रसाद शर्माले बताए ।
हालका लागि बृद्धअबश्था भएका आमाबाबुको बृद्धआश्रम नै सञ्चालन गर्न नसकिएपनि निकट भबिस्यका त्यो व्यवस्थापन मिलाईने लेखा संयोजक रामसिंह बडुवालले बताए ।
संस्था का कार्यवाहक अध्यक्ष सेते बिस्वकर्माको सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य वीर बहादुर थापा रहनुभएको थियो भने बिशिस्ट अतिथि मा पुनर्वास नगरपालिका प्रमुख तोया प्रसाद शर्मा , पुनर्वास नगरपालिका वडा नम्बर ३ का अध्यक्ष कृष्णबहादुर तामाङ , संस्था का संरक्षक पदम प्रसाद शर्मा सञ्चालक
कृष्णबहादुर तामाङ ,
सञ्चालक सदस्य राजकुमार रायमाझी ले गरेको कार्यक्रम को सञ्चालन संस्था का व्यवस्थापक दानबहादुर रावलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply