नमूना युवा सांसद नगरसभा प्रशिक्षण अभ्यास बिषयक तिनदिने कार्यक्रम पुनर्वास मा सम्पन्न

धनबहादुर बिक
पुनर्वास समृद्ध नेपाल निर्माणका लागि स्वस्थ , कर्मठ र उधमि युवा मुल नारा सहित नमूना युवा सांसद नगरसभा प्रशिक्षण सम्बन्धि चारदिने अभ्यास कार्यक्रम पुनर्वास मा सुरु सम्पन्न छ ।
जिल्ला युवा सशक्तिकरण समिति कञ्चनपुर ले माघ १४ गतेदेखि आयोजना गरेको चारदिने नमुना युवा सांसद नगरसभा अभ्यास कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।
न्यु सम्राट रेष्टुरेन्टको सभाहलमा आयोजित उक्त कार्यक्रम को व्यवस्थापक पुनर्वास नगरपालिका नगर कार्यपालिकाको कार्यालाय शिक्षा युवा तथा खेलकुद शाखा ले गरेको थियोे ।
समापन कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिका नगर उप प्रमुख भुलिया कुमारी रानाले युवाहरू सहभागी यो कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको छ । चार दिन को तालिम पश्च्यात युवाहरू ले स्थानीय सरकार सञ्चालन तथा नगरसभा कार्यक्रम सञ्चालन का बिषयमा नमुना कार्यक्रम नभई साच्चिकै नगरसभा प्रतीत भएको थियो बताईन ।
नमुना नगरसभामा मा युवाहरू ले उठान गरेका बिषयहरू सिङ्गो नगरपालिका भित्र का वास्तविक यथार्थ मुद्दा हरू रहेका थिए सम्बोधन गरिएको र पुनर्वास का युवापिडि हरू पुनर्वासको विकास र समृद्धि का बिषयमा निकै सचेत भईसकेको कुरामा उप प्रमुख रानाले जोड दिईन ।
कार्यक्रममा पुनर्वास नगरपालिका निमित्त प्रमुख प्रसासकिय अधिकृत शिवराज भट्ट ले समग्र युवाहरूको उधमसिलता विकासको लागि तथा युवामा नेतृत्व क्षमता विकास का लागि एबं युवाको सशक्तीकरण विकासका लागि पुनर्वास नगरपालिका मा नमुना युवा सांसद अभ्यास कार्यक्रम को आयोजना गरिएको बताए । देशमा तिनवटा स्थानीय तह सरकार मध्ये स्थानीय तहमा सञ्चालन हुने विकासका कार्यक्रम , स्थानीय सरकार का काम कर्तव्य अधिकार क्षेत्र , नगरपालिका अन्तर्गत को सुशासन लगायत मा युवालाई सहभागी र परिचालन गरनका निमित्त नगरपालिका मा पुर्व गठित युवा समूह लाई सहभागीता गराई तालिमको आयोजना गरिएको निमित्त प्रमुख प्रसाशसकिय अधिकृत भट्ट ले बताए ।
सो अवसरमा पुनर्वास नगरपालिका प्रमुख तोया प्रसाद शर्माले युवाहरूको लागि अत्यन्तै महत्त्वपूर्ण कार्यक्रम बाट सहभागी युवाले तालिमबाट सिकेका सिकाई बिषयहरू आफ्नो टोल तथा युवा समुहमा गई अरू युवाहरूलाई समेत सजग गराउनुपर्ने कुरामा जोड दिए । १६ देखि २४ उमेर समुह भनेको अत्यन्तै सम्वेदनशिल उमेर भएकोले युवाहरूले नकारात्मक र सकारात्मक पक्ष बुझेर समाज परिवर्तन लागि युवाहरू लाग्नुपर्ने नगर प्रमुख शर्माले बताए ।
कार्यक्रममा युवा परिषद कञ्चनपुर का अध्यक्ष दिपक विसी ले स्थानीय सरकार को ध्यानाकर्षण गराउदै नगरपालिका भित्र रहेका युवाहरूको हक अधिकार सुनिश्चित का लागि देशमा तिनवटा सरकार मध्ये पुनर्वास नगरपालिकाले पनि १६ देखि २४ उमेर वर्ष समुहका युवाहरूको शिक्षा रोजगार तथा युवाहरूको विभिन्न खेल प्रतिभा हरू खोजी गरि त्यसतर्फ युवाहरू लाई जोड्नुपर्नेमा जोड दिए ।
उक्त अभ्यास कार्यक्रम मा पुनर्वास नगरपालिका का ३६ जना युवाहरूको सहभागी रहेको थियोे भने राष्ट्रिय युवा परिषद प्रशिक्षक केशव खड्का , युवा परिषद कञ्चनपुर सदस्य द्वय उमेश बाबली र नरेन्द्र शाह सहजकर्ता रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply