सर्वाेच्चमा नागरिक उन्मुक्ती पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीको मुद्दा सुनुवाइ हुँदै

नागरिक उन्मुक्ती पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीको मुद्दामा आइतबार सर्बोच्च अदालतमा सुनुवाइ हुँदैछ । जिल्ला र उच्च अदालतले टीकापुर हिंसाको मुख्य दोषीका रुपमा आफूविरुद्ध गरेको जन्मकैदको फैसला खारेजको माग राख्दै उनले सर्वोच्च निवेदन दिएका थिए ।

न्यायाधीशद्वय टंकबहादुर मोक्तान र डा. मनोजकुमार शर्माको इजलासमा चौधरीसहित १२ जनाको मुद्दा सुनुवाइका लागि पेसीमा चढेको छ । तर, १०औँ नम्बरमा रहेकाले सुनुवाइ गर्न भ्याउने–नभ्याउने टुंगो छैन ।

एमाले–माओवादी नेतृत्वको सत्ता गठबन्धनले कानुनी प्रक्रियाबाटै चौधरीलगायत टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका बन्दीहरूलाई रिहा गर्ने आश्वासन दिएका छन् । रेशम चौधरीलगायत थुनुवा मुक्तिको माग गर्दै नागरिक उन्मुक्ति पार्टी सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी भएको छैन । सो पार्टीले असहयोग गरे सुदूरपश्चिम प्रदेश सरकार यो साता नै ढल्ने निश्चित छ ।

संविधानसभाबाट संविधान घोषणाअघि ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा थारुवान आन्दोलन भड्किँदा भएको हिंसामा एक नाबालकसहित ८ जना प्रहरीको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply