सुदूरपश्चिमका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिँदै, नाउपाका सातै सांसद काठमाडाैं उडे

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले प्रदेशसभाबाट विश्वासको मत लिने अघिल्लो दिन नागरिक उन्मुक्ति पार्टीका सातै जना सांसदहरू काठमाडौं आएका छन् । मुख्यमन्त्री रावलले प्रदेशसभाबाट विश्वासको मत जित्न नागरिक उन्मुक्ति पार्टीका सात सांसदको मत निर्णायक छ ।

अहिलेसम्म नाउपाले विश्वासको मत दिने–नदिनेबारे निर्णय लिएको छैन । भाेलि बस्ने प्रदेशसभाकाे बैठकमा मुख्यमन्त्री रावलले विश्वासकाे मत लिने तालिका छ । पार्टीका संरक्षक रेशमलाल चौधरीले विश्वासको मत दिने–नदिनेबारे छलफल गर्न बोलाएपछि सातै जना सांसदहरू आज बिहान जहाज चढेर काठमाडौं आएका हुन् ।

उनीहरूले डिल्लीबजार कारागारमै पुगेर रेशमसँग यसबारे छलफल गर्ने छन् । ‘हेडक्वार्टरले बाेलाएपछि सांसदहरू काठमाडाैं जानुभएकाे हाे । आजै फर्किने तालिका छ’, नाउपाका प्रवक्ता दामाेदर पण्डितले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply