छोरीलाई जन्म दिने गर्भवती महिला लाई उपाध्यक्षको कोसेली बितरण

आशिस माल धनगढी । कंचनपुर जिल्लाको बेलडाँडि गाउँपालिकामा गर्भवती आमाहरुले छोरी जन्माइन भने उपाध्यक्षको कोसेली बितरण शुरु गरिएको छ । गर्भवती महिलाहरुले छोरी जन्माइन भने छोरी मान्छे पनि छोरा मान्छे जस्तै हुन उहाको अपहेलना न होस र यस्ता कुराहरूमा सुधार ल्याउने प्रमुख उदेश्यले उपाध्यक्षको कोसेली बितरण गर्न थालिएको हो । बुधबार गाउँपालिकाको वडा नम्बर ५ झिलमिला स्वास्थयचौकीको भवनमा ३० जना छोरीलाई जन्म दिने आमाहरुलाई तीन हजारको दरले उपाध्यक्ष कोसेली बितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष सान्ती नाथले जानकारी दिनुभएको छ ।

गाउँपालिका भरिका सबै वडाहरुमा छोरी जन्माउने आमाहरुलाई कोसेली बितरण गर्ने लक्ष्य रहेको उपाध्यक्ष नाथको भनाई छ । आफुले गाउँ पालिकामा निर्बाचित भएको दिन देखि गाउँपालिकाले गर्भवती महिलाहरुले छोरी जन्माइन भने उपाध्यक्षको कोसेली अन्र्तगत बिभिन्न स्वास्थ्य सामाग्री पोसिलो खानेकुरा तथा तीन हजार रुपियाँदिँदै आएको छ ।

उपाध्यक्षको कोसेली कार्यक्रमले महिलाहरु आफ्नो स्वास्थ्य प्रति सजग बन्दै गएका छन् । गर्भाअबस्थामा स्वास्थ्य संस्था जानका लागी हिच्किचाउने महिलाहरु अहिले अनिबार्य रुपमा चेकँजाचका लागी स्वास्थ्य चौकीसम्म पुग्ने गरेको उपाध्यक्ष नाथले बताउनुभयो । छोरी मान्छे जन्माउने महिलाहरुलाई मात्रै कोसेली दिने गरेका छौ, यसले महिला दीदी बहिनिहरुको आनीबानीमा सुधार भएको छ ।” उनले भनीन । महिलाहरु स्वास्थ्य संस्थामै आएर बच्चा जन्माउने भएकाले आमा र बच्चा दुबैको स्वास्थ्यको ग्यारेन्टी हुने गरेको उपाध्यक्षको भनाई छ । यो बाहेक अरु पनी हजार दिने आमाकोे स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने खालका बिभिन्न कार्यक्रमहरु गाउँपालिकाले सञ्चालन गर्दै आएको छ ।

यस्तै छोरीलाई जन्म दिने आमा हरुलाइ उपाध्यक्ष कोसेली बितरण गर्ने कंचनपुर जिल्ला भरिको एक मात्र पालिका हो । बेलडाँडि गाउँपालिकाकी उपाध्यक्ष सान्ती नाथले ३५ बर्ष उमेर पुगेर बिबाह नगरी एकल बसेका महिला तथा तेत्रो लिङ्गीहरुको लागिपनि उपाध्यक्ष कोसेली भनेर पालिकामा कार्यक्रम ल्याउनु भएको उपाध्यक्ष नाथले जानकारी दिनु भएको छ । बेलडाँडि गाउँपालिकाका गर्भवति महिलाहरुको लागि बच्चा पाउन स्वास्थ चौकी जानलाइ निसुल्क एम्बुलेन्सको ब्यबस्थापन गर्नु भएको छ । यदि धनगढी र महेन्द्रनगर रिफर गर्नुपरे ५० % छुटको ब्यबस्थापन पालीकालेगर्नु भएको उपाध्यक्ष नाथको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply