धनबहादुर बिक
कञ्चनपुर, माघ २६ । निड्स कञ्चनपुरले काेभिड भ्याक्सिन लगाएकाहरुकाे तथ्याङ्क डिजिडटल अर्थात क्युआरमा सुरक्षित गर्ने भएकाे छ । कञ्चनपुरकाे पुनर्वास नगरपालिका बाट तथ्यांक डिजिटल प्रबिधिमा सुरक्षित राख्न शुरु गरेकाे हाे ।
नएनडिपी काे आर्थिक सहयाेगमा निड्स कञ्चनपुरले परियाेजना सञ्चालन गर्न लागेको हाे । बैदेशिक राेजगार तथा अध्ययनका लागि बिदेश जाने युवायुवतीलाई सहज हुने र तथ्याङ्क डिजिटल पद्धतिमा राख्दा सुरक्षित रहने भएकालेे याे कार्यक्रम गर्न लागिएको निड्स कञ्चनपुरका अध्यक्ष द्राेपती भट्टले बताउनु भयाे । भ्याक्सिनकाे डिजिटल क्युआरले काेभिड १९ काे भ्याक्सिन नलगाएका लाई समेत उत्प्रेरित गर्ने संस्थाले जनाएकाे छ । सुदूरपश्चिम प्रदेशमा पहिलाे फेजमा धनगढी उपमहानगरपालिकामा कार्यक्रम गरिएको थियाे । दाेश्राे फेजमा कञ्चनपुरकाे पुनर्वास नगरपालिकामा कार्यक्रम गर्न लागेकाे युएनडिपी संस्थाका अध्यक्ष बैजन्ती गिरी सिँहले जनाउनु भयाे । एक वडा बाट एक जना गरी ११ जना स्वयमसेवक खटाईएका छन । छ महिना अबधिमा ३० हजार जनालाई क्युआर काेड उपलब्ध गराईने संस्थाले जनाएको छ । पुनर्वासमा ३६ हजार ३ सय दश जनाले काेभिड भ्याक्सिन लगाएका छन । बुस्टर डाेज २२ हजार २ सय नाै जनाले मात्र लगाएका छन । पुनर्वासमा नगरपालिमा ६२ हजार सात सय ७८ जनसंख्या रहेकाे छ ।
