ओदाल खोलामा पुल नबन्दा स्थानीयवासीलाई सास्ती

कृष्णपुर नगरपालिका–१ स्थित ओदाल खोलामा पुल निर्माण पूरा नहुँदा स्थानीय बासिन्दाले सास्ती खेप्दै आएका छन् । पुल निर्माणका लागि ठेक्का सम्झौता भएको तीन वर्ष बित्नै लागे पनि निर्माण पूरा हुन सकेको छैन ।

पुल निर्माण नहुँदा बर्सातका बेला बिरामीलाई अस्पताल लैजान नसकिने स्थानीयवासी सीता चौधरीले बताउनुभयो । “एम्बुलेन्स खोला पारि राखेर बिरामीलाई बोकेर लैजानुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, गएको बर्सातका बेला सुन्दरीफाँटाका सुत्केरी हुनेलाई अस्पताल लैजान खोज्यौँ, खोलामा बाढी आउँदा एम्बुलेन्स गाउँसम्म आउन सकेन, बोकेर लैजाने क्रममै महिलाले बाटोमै बच्चा जन्माइन्, धन्य आमा र शिशुलाई केही भएन ।”

त्यति मात्रै नभएर गएको वर्ष दोमिल्लाका करेन्ट लागेका एक व्यक्तिलाई ट्र्याक्टरमा राखेर खोला पारि पु¥याउन नपाउँदै ज्यान गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “एम्बुलेन्स बोलायौँ तर खोला तर्न नसकेर पारि नै रह्यो, ट्र्याक्टरमा राखेर खोला नजिकै पु¥याउन नपाउँदै उनको ज्यान गयो, एम्बुलेन्सले बोलाएकै कारण आधा चार्ज लियो ।” दोमिल्ला, श्रीपुर, सुन्दरीफाँटा गाउँ चारैतिर खोलाले घेरिएको छ ।

तीनवटै गाउँको उत्तर र पश्चिम क्षेत्रमा खारखोला, पूर्वमा ओदाल खोला र दक्षिणमा ओदोल खोला र वनहरा नदी पर्छ । भरपर्दाे सडक र पुलको व्यवस्था नहँुदा स्थानीयवासीले समस्या खेप्दै आएका छन् । पुल निर्माणका लागि पटक पटक सम्बन्धित निकायलाई गुहार्दै आए पनि सुनवाइ हुन नसकेको गयाप्रसाद चौधरीले बताउनुभयो ।

“उच्च शिक्षा पढ्ने विद्यार्थीलाई सधैँ खोला तर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “विद्यार्थी विद्यालय र घर नपुग्दा अभिभाकलाई बर्सातका बेला निकै चिन्ता हुने गरेको छ ।” बङ्क नायल सडक निर्माणको कार्य सुरु गरेको तीन वर्ष बढी भइसके पनि सडकको ट्र्याक खोल्ने कार्यबाहेक अन्य कार्य हुन सकेको छैन ।

निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीलाई सडक र पुल निर्माण कार्य निर्धारित समयमै पूरा गर्नका लागि भन्दै आए पनि बेवास्ता गर्दै आएको वडा नं १ का वडाध्यक्ष मोहन बस्नेतले बताउनुभयो ।

पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी हेमराज भट्टले निर्माण कम्पनीलाई सडक र पुल निर्माणका लागि ताकेता गर्दै आएको जानकारी दिनुभयो । “ठेक्का बापतको निर्माण कम्पनीले पाउनुपर्ने रकममध्ये केही रकम नपाउँदा काममा ढिलासुस्ती गरिरहेको छ”, उहाँले भन्नुभयो, “केही रकम पाएको छ, केही पाउन बाँकी छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply