धनबहादुर बिक
पुनर्वास जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास मा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिले पुनर्वासको विभिन्न १० स्थानमा अपराध नियन्त्रण का लागि जनचेतनामूलक होर्डिङ बोर्ड जडान गरेको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पुनर्वास नगरपालिका वडा नम्बर ६ अन्तर्गत १० स्थानमा जनचेतनामूलक होर्डिङ बोर्ड जडान गरेको हो ।
ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको सहकार्य तथा पुनर्वास नगरपालिका वडा नम्बर ६ को पहलमा वडा नम्बर ६ प्रतिभानगर टाउन बजार चोक , वडा कार्यालय प्राङ्गण , त्रिभुवनबस्ति स्वास्थ्य चौकी चोक , जीवन ज्योति मावि , जनता मावि , जनता क्याम्पस , ईलाका प्रशासन कार्यालय , छिमेकी भारतीय बजार मिलनबजार जाने बाटो , सिमावर्ति गाउँ धौलागिरी टोल गरि १० स्थानमा उक्त होर्डिङ बोर्डस्थापना गरिएको छ ।
‘लागू औषध रहित स्वस्थ र सभ्य समाजको निर्माण गरी
कानूनद्वारा निषेध गरिएका कार्यहरु
गाँजाको खेती उत्पादन तथा तैयारी गरि खरिद तथा विक्रिवितरण , निकासी वा पैठारी , ओसारपसार गर्ने सञ्चय गर्ने वा सेवन गर्न, अफिम वा कोकाको खेती गर्ने वा अफिम या कोकोको पात वा अन्य लागू औषध उत्पादन गर्ने , लागू औषधको निर्माण वा तैयारी गर्ने, लागु औषध विक्री वितरण गर्ने , लगायत कानुन द्वारा निषेध गरिएको बिषय हरू उक्त होर्डिङ बोर्डमा उल्लेख गरिएको छ ।
लागु औषध सम्बन्धि अपराध भइरहेको छ भने तुरुन्त प्रहरीलाई खबर गरौ उक्त होर्डिङ बोर्डमा अनुरोध समेत गरिएको छ ।
उल्लेखित बिषय संगै बढ्दो सवारी दुर्घटना , साईवर अपराध , मानव बेचबिखन , घरेलुु हिंसा बाल बिबाह , बहु बिबाह , आत्महत्या , लागु औषध लगायत उक्त जनचेतनामूलक बिषय होर्डिङ बोर्डमा उल्लेख गरिएको छ ।
त्यसता क्रियाकलाप भएमा अभिभावकहरुले अपनाउनु पर्ने उपायहरू समेत उल्लेख गरिएको छ ।
छोराछोरीको हरेक क्रियाकलाप, साथीभाई, विद्यालय समय बाहेक अरुबेला समय व्यतित गर्ने ठाउँबारे जानकारी लिने , खेलकुद, कला र सांगितिक एवं रचनात्मक कार्यक्रममा बढी व्यस्त बनाउने छोराछोरीहरुलाई गलत साथीहरुको संगतमा पर्न नदिने ,
छोराछोरीलाई लागू औषध र यसको असरबारे जानकारी गराउने । बेला-बेलामा विद्यालयमा गई आफ्नो बालबालिकाको पढाई र अतिरिक्त क्रियाकलापहरु बारे बुझ्ने , छोरोछोरीसंग प्रर्याप्त समय विताउने र विचारहरुको आदान-प्रदान गर्ने ।उक्त होर्डिङ बोर्डमा उल्लेख गरिएको छ ।
वडा अध्यक्ष मित्र सिंह लामा, ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती प्रमुख नरेशराज मल्ल , जनप्रतिनिधि ,
समाजसेवी , प्रहरी , पत्रकार लगायतको उपस्थितिमा उक्त होर्डिङ बोर्ड हरू स्थापना गरिएको थियोे ।
