धनबहादुर बिक
पुनर्वास कञ्चनपुरकाे पुनर्वासमा सञ्चालित नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिवार सम्पन्न भएकाे छ । प्रतियोगितामा जीवन ज्याेती मावि ११ स्वर्णसहित प्रथम भएकाे छ ।
माघ २४ गते देखि पुनर्वास २ माेतिबस्तीमा सञ्चालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा निजि तथा सामुदायिक गरी १९ विद्यालय सहभागि थिए । प्रतियोगितामा पुनर्वास नगरपालिका ६ मा रहेकाे जीवन ज्याेती माविले ११ स्वर्ण , ९ रजत र ५ काश्य गरी २५ पदक प्राप्त गरेकाे छ । पुनर्वास ८ स्थित बागिश्वरी मावि दाेश्राे भएको छ । बागिश्वरी माविले ५ स्वर्ण , ८ रजत र ८ काश्य पदक सहित दाेश्राे भएको छ । त्यसैगरी पुनर्वास २ मा रहेको सरस्वती मावि तेश्राे भएको छ । सरस्वती माविले ५ स्वर्ण , ६ रजत र ११ काश्य पदक सहित तेश्राे भएकाे हाे ।
समापन कार्यक्रममा बाेल्दै नगरप्रमुख ताेय प्रसाद शर्माले सहभागि विद्यालय र विद्यार्थीलाई धन्यवाद ज्ञापन गर्नु भयाे । शिक्षा सँगसँगै खेलकुद पनि अपरिहार्य रहेकोले खेलकुद क्षेत्रको विकास हुनु पर्नेमा जाेड दिनु भयाे । खेलकुद गतिविधि बढाउन विद्यालयलाई अनुरोध गर्नु भयाे । सरस्वती माविका प्रधानाध्यापक जितेन्द्र पाैडेलले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आफ्नो बिद्यालय मा आयोजना गर्न पाउदा खुसी व्यक्त गरेका थिए । प्र अ पौडेलले बिध्यार्थिलाई पढाइ संगसंगै खेल क्षेत्रको विकास पनि आवस्यक पर्ने भएकोले आफ्नो बिद्यालय अध्ययनरत बिध्यार्थिहरूलाई खेल क्षेत्रमा जोड्दै लैजाने बताए ।
प्रतियोगिताका लागि बजेट अपुग भएकालेे आगामी कार्यक्रममा बजेट बढी भए प्रतियोगिता व्यवस्थित र सहज हुने पौडेलले बताए ।
प्रतियोगिताकाे आयाेजक पुनर्वास न.पा. २ मा रहेकाे सरस्वती मावि माेतिबस्ती रहेकाे थियाे ।
